फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत द्रुत गतिले विकास गर्दै नयाँ समयमा प्रबेश

(GMT+08:00) 2011-03-08 20:52:59

              मार्च आठ तारिख दिउँसो तिब्बत स्वायत्त प्रदेश प्रतिनिधि मण्डलले आयोजित पूर्ण सम्मेलनमा चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिहरुले सरकारी कार्य प्रतिवेदन, "बाह्रौं पञ्चवर्षिय योजना" सम्बन्धमा तिब्बतको विकासको अवस्थाबारे छलफल गर्नुभएको छ।

            एघारौं पञ्चवर्षिय योजनाभित्र तिब्बत स्वायत्त प्रदेशमा प्रतिव्यक्ति गार्हस्थ उत्पादन कूल रकम सत्र हजार तीन सय उन्नाईस चिनियाँ युआन पुगेको थियो। सो रकम दशौं पञ्चवर्षिय योजनाको अन्तको तुलनामा आठ हजार दुइ सय त्रियासी चिनियाँ युआन धेरै हो। किसानहरुको सालाखाला गरी प्रतिव्यक्ति आय चार हजार एक सय अठतीस चिनियाँ युआन पुगेको छ। सो रकम पाँच वर्षभित्र लगभग एक सय प्रतिशतले बृद्धि भएको हो। चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेश जन-कांग्रेस स्थायी समितिका उपाध्यक्ष सिन्जा तेन्जिन छोइताले भन्नुभयोः

           "हाल तिब्बत विकासको नयाँ समयमा प्रबेश गरेको छ, हालै तिब्बतले पूर्ण खुलापन गरेको छ, अहिले तिब्बतको आर्थिक विकास हुनुमा धेरै कारक तत्व छ, हालै तिब्बतले पर्यावरण वातावरणको पूर्ण संरक्षण गरेको छ, हालै तिब्बतले दीर्घकालिन समयको स्थिरताको संरक्षण गरेको छ। हाल तिब्बत इतिहासमै सबैभन्दा राम्रो समयमा प्रबेश गरेको छ। "

           पर्यटन तिब्बत स्वायत्त प्रदेशको विशेषता उद्योग हो। पर्यटनको विकासबाट विश्वले तिब्बतको धेरै जानकारी पाउन सक्छ। पर्यटनको विकासबाट तिब्बतका जनताहरुले धेरै धन आर्जन गर्न सक्छ। गत पाँच वर्षभित्र सरकारले बाईस वटा पुरानो साँस्कृतिक बस्तुको मर्मत गरेकोमा सन्ताउन्न करोड चिनियाँ युआन लगानि लगाएको छ। तिब्बतको परम्परागत कला, तिब्बत नाटक आदि साठी वटा साँस्कृतिक कार्यक्रमले राष्ट्रिय गैर भौतिक साँस्कृतिक संरक्षण सूचिमा राखेको छ। पोताला दरबार, जोखाङ दरबार आदिलाई संयुक्त राष्ट्र संघ विश्व साँस्कृतिक सम्पदा सूचिमा राखेको छ।

           रहस्यमय तिब्बती सँस्कृति तथा सुन्दर वातावरणका कारण धेरै पर्यटकहरुले तिब्बतमा पर्यटन गर्नुभयो। आर्थिक विकास र वातावरणको संरक्षण तिब्बत स्वायत्त प्रदेशको महत्वपूर्ण काम हो। हालै तिब्बतको विभिन्न किसिमको प्राकृतिक संरक्षण क्षेत्र चार लाख दश हजार बर्गकिलोमिटर पुगेको छ। सो संख्या चीनको प्रथम स्थानमा रहेको छ। पाँच वर्षभित्र तिब्बतमा पर्यटकको कूल संख्या लगभग तीन सय प्रतिशतले बृद्धि भएको छ। चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष पदमा सिनलेले भन्नुभयो

           "पर्यटनको द्रुत गतिले विकासबाट वातावरण ध्वस्त हुने होइन, अहिले हाम्रो सबैभन्दा मुख्य काम वातावरणको संरक्षणको आधारमा पर्यटनको विकास गर्ने हो । छिंगहाइ-तिब्बत रेल मार्ग संचालन पछि तिब्बतमा आएका पर्यटकहरुले रेलगाडीमा एउटा पुस्तक पाउन सक्छ। सो पुस्तकमा पर्यटकहरुले आफ्नो शरीरलाई संरक्षण गर्नुका साथै तिब्बतको पर्यावरणलाई पनि संरक्षण गर्ने आशा गरिएको छ। "

           पाँच वर्षभित्र तिब्बत स्वायत्त प्रदेशको यातायात सम्बन्धी सञ्जाल स्थापना भएको छ। हाल राजमार्गको लम्बाई अन्ठाउन्न हजार किलोमिटर पुगेको छ। सो संख्या सन 2005को तुलनामा तेंतीस प्रतिशतले बृद्धि भएको हो। छिंगहाइ-तिब्बत रेल मार्ग संचालनबाट तिब्बतको रेल मार्ग नभएको इतिहासको अन्त्य भएको छ। लिन च, आलि, रकाचेमा विमान स्थलको स्थापना भयो। र हालै तिब्बतको संचार सम्बन्धी निर्माण पनि द्रुत गतिले विकास भएको छ। इन्टर्नेट प्रयोगकर्ताको कूल संख्या एघार लाख पचास हजार जना पुगेको छ।

          बाह्रौं पञ्चवर्षिय योजनाबारे चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेशका कम्युनिष्ट पार्टी समितिका सचिव चाङ छिंग लिले भन्नुभयोः

          बाह्रौं पञ्चवर्षिय योजनाको अवधिभित्र तिब्बतले आर्थिक समाजको विकासमा जनताको जीवनसँग सम्बन्धीत विषयलाई धेरै महत्वपूर्ण स्थानमा राख्ने छ। जनताहरुको जीवन अझै राम्रो हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह