फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बाह्रौं पञ्चवर्षिय योजना"भित्र चीनले एउटा तुलनात्मक दोषरहित बृद्धबृद्धालाई स्याहारसुसार गर्ने प्रणाली स्थापना गर्ने

(GMT+08:00) 2011-03-09 20:10:04

           चीनको नागरिक मन्त्रालयले मार्च नौ तारिख एउटा पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको बृद्धबृद्धालाई स्याहारसुसार गर्ने प्रणालीलाई कसरी छिटो भन्दा छिटो रुपमा स्थापना गर्ने, "बृद्धबृद्धालाई घरमा बस्न दिने, बृद्धबृद्धालाई स्याहारसुसार गर्ने" यी सबै कसरी साकार तुल्याउने आदि समस्याबारे सो पत्रकार सम्मेलनमा सम्बन्धीत अधिकारीले जवाफ दिनुभयो। चीनको नागरिक मन्त्रालयका अधिकारीले चीनले "बाह्रौं पञ्चवर्षिय योजना"भित्र चीनले एउटा तुलनात्मक दोषरहित बृद्धबृद्धालाई स्याहारसुसार गर्ने प्रणालीलाई स्थापना गर्ने आशा व्यक्त गर्नुभयो।

           हालै चीनमा बृद्धबृद्धालाई स्याहारसुसार गर्ने सम्बन्धी सेवा संस्था लगभग चालीस हजार वटा रहेको छ, सो संस्थामा लगभग एकतीस लाख बीस हजार वटा पलङ रहेको छ। हालै सो संस्थामा बृद्धबृद्धा, शारीरिक अपाङ्ग भएकाहरु र टुहुराहरुको कूल संख्या तेईस लाख पैंसट्ठी हजार पुगेको छ। चीनको नागरिक मन्त्री लि लि कोले हालै राष्ट्रभरिमा चीनको बृद्धबृद्धालाई स्याहारसुसार गर्ने प्रणालीको स्थापना गरिएको भन्नुभयो। उहाँले भन्नुभयोः

          "पहिले पाँच वटा प्रान्तमा बृद्धबृद्धालाई स्याहारसुसार गर्ने प्रणालीको महत्वपूर्ण रुपमा स्थापना गरेको थियो, हाल बाह्र वटा प्रान्तमा बृद्धबृद्धालाई स्याहारसुसार गर्ने प्रणालीको महत्वपूर्ण रुपमा स्थापना गरेको छ। हालै मालसामानको मूल्य बढी रहेको छ, जीवनमा कठिनाइ भएका जनताको आधारभूत जीवनको प्रत्याभूति गर्नका लागि सात वटा प्रान्तमा बृद्धबृद्धालाई थप सहायता दिएको छ।"

          चिकित्सा सम्बन्धी क्षेत्रको स्तर पनि राम्रो हुन्दै गएको छ, सन 1999देखि चीनमा बृद्धबृद्धा समाजको स्थापना या नामाकरण गरेको छ। सन 2009को अन्तसम्म चीनको बृद्धबृद्धाको कूल संख्या सोह्र करोड सत्तरी लाख पुगेको छ। बृद्धबृद्धाको कूल संख्यामा विश्वकै पहिलो मुलुक हो। तीमध्ये असी वर्षको उमेर भन्दा बढी भएकाको कूल संख्या एक करोड उनान्नव्बे लाख नव्बे हजार पुगेको छ। अशक्त बृद्धबृद्धाको संख्या एक करोड तीन लाख साठी हजार पुगेको छ। सम्बन्धीत विभागका अनुसार, सन 2015सम्म चीनमा बृद्धबृद्धाको कूल संख्या एकाईस करोड पचास लाख पुग्ने छ, र सो संख्याले चीनको कूल जनसंख्याको 15 प्रतिशत ओगट्ने छ।

          सो कुराबारे चीनको नागरिक उप मन्त्री तौं यु फैले "बाह्रौं पञ्चवर्षिय योजना"भित्र चीनले एउटा तुलनात्मक दोषरहित बृद्धबृद्धालाई स्याहारसुसार गर्ने प्रणालीलाई स्थापना गर्ने कुरा बताउनुभयो। उहाँले भन्नुभयो

           "एउटा तुलनात्मक दोषरहित बृद्धबृद्धालाई स्याहारसुसार गर्ने प्रणालीलाई स्थापना गर्ने छ। सो प्रणालीमा बृद्धबृद्धालाई घरैमा स्याहारसुसार गर्ने मुख्य तरिका हो भने संस्थामा बृद्धबृद्धालाई थप स्याहारसुसार गर्ने अर्को तरिका हो। पैसा अनुसारको सेवा मिल्ने छ। बृद्धबृद्धालाई स्याहारसुसार गर्ने सम्बन्धी काममा सरकारले मुख्य भूमिका निर्वाह गर्ने र सबै समाज सहभागी हुने छ।

           श्री तौं यु फैले आफ्नो घरमा बृद्धबृद्धालाई स्याहारसुसार गर्ने हाम्रो देशको परम्परागत रीति हो। तर हाल चीनको घर धेरै सानो छ, घरमा बृद्धबृद्धालाई स्याहारसुसार गर्ने स्थिती गाह्रो रहेको छ। त्यसैले अरु यस्ता संस्थाले सम्बन्धीत सेवालाई सहायता दिन आवश्यक जोड दिनुभयो। "बाह्रौं पञ्चवर्षिय योजना"भित्र चीनले विभिन्न किसिमको बृद्धबृद्धालाई स्याहारसुसार गर्ने संस्थामा अझ धेरै लगानि लगाउने छ। सोबारे श्री तौं यु फैले भन्नुभयो

           "समाज संगठन र व्यवसायहरुले पनि बृद्धबृद्धालाई स्याहारसुसार गर्ने सम्बन्धी सेवा दिने हामीले सकारात्मक आशा लिएका छौं, यसका साथै हामीले इन्टर्नेटबाट बृद्धबृद्धालाई स्याहारसुसार गर्ने सम्बन्धी सहायता प्रणाली स्थापना गर्ने, एउटा पर्खालरहीत बृद्धबृद्धालाई स्याहारसुसार गर्ने संस्थाको स्थापना गर्ने आशा छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह