फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विशेषता समाजबाद कानून प्रणालीको स्थापना

(GMT+08:00) 2011-03-10 19:26:35

        "पहिले मेरा वावु आमा गाँउमा बस्नु हुन्थ्यो। सन 2007देखि उहाँहरु शहरमा बस्न थाल्नु भएको हो। सन 2007 अघि उहाँहरुको पेन्सन वीमा थिएन। हाल उहाँहरुको पेन्सन वीमा सम्बन्धी समस्याको समाधान गर्न सक्दैन। "

         पैचिंगमा काम गरिरहनुभएका श्री छन स्युले आफ्नो वावु आमाको पेन्सन वीमाप्रति चिन्ता व्यक्त गर्नुभयो। हालै चीनको कानून अनुसार, गाउँमा बस्ने र शहरमा बस्ने जनताहरुको पेन्सन वीमामा भिन्नता छ। श्री छन स्युको वावु आमा पछि शहरमा बस्नुभएको हो, त्यसैले उहाँहरुको पेन्सन वीमामा केहि समस्या रहेको छ।

         सन 2010मा चीनले "सामाजिक वीमा" सम्बन्धी कानून सार्वजनिक गरेको छ। सो कानून चीनको सामाजिक प्रत्याभूति सम्बन्धी क्षेत्रमा पहिलो कानून हो। सो कानूनबाट बृद्धबृद्धालाई स्याहारसुसार गर्ने लगायत विभिन्न सामाजिक वीमा सम्बन्धीत प्रणालीमा प्रत्याभूति दिइएको छ। हाल सो कानूनले श्री छन स्युको वावु आमाको पेन्सन वीमा सम्बन्धी समस्याको समाधान गर्न सक्दैन। तर आगामी दिनमा सामाजिक प्रत्याभूति प्रणालीको स्थापना बृहत् रुपमा भएपछि यस क्षेत्र सम्बन्धी पेन्सन वीमा शहर र गाउँ क्षेत्र बीचको भिन्नतालाई परिवर्तन गर्न सक्ने छ।

        मार्च दश तारिखका दिन चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले पैचिंगमा आयोजित चिनियाँ राष्ट्रिय जन-कांग्रेस वार्षिक सम्मेलनमा घोषणा गर्दै सन 2010को अन्तसम्म चीनले दुइ सय 36 वटा कानून, छ सय 90 वटा नियम र आठ हजार छ सय भन्दा बढी स्थानिय नियमलाई तर्जुमा भएको बताउनु भयो। उहाँले चीनको विशेषता समाजबाद कानून प्रणालीको स्थापना गरेको कुरा बताउनुभयो।

        "समाजबाद प्रजातन्त्रमा सम्पूर्ण कानूनी प्रणालीलाई स्थापना गरिने, जुनसुकै काममा कानून लाग्ने र कानून अनुसार प्रशासन चलाउने तथा कानून लागू हुने क्रममा गम्भिर हुनुपर्छ । कानून उल्लंघन गरे संझाय दिनु पर्छ। "

        चीनको विशेषता समाजाबाद कानून प्रणालीको प्रारुपबारे संविधान सबैभन्दा महत्वपूर्ण छ। संविधानको तर्जुमा र परिवर्तनको क्रममा जनताको अधिकारको प्रत्याभूति दिने सम्बन्धी क्षेत्रमा विशेष महत्व र ध्यान दिइएको छ। हालै कार्यन्वयन भएको संविधान सन 1982मा पारित भएको हो। सन 2004मा "राष्ट्रले जनताको अधिकारलाई सम्मान र प्रत्याभूति दिने सम्बन्धी कानून राष्ट्रिय संविधानमा लेखिएको छ।

         चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत कानून अध्ययन केन्द्रका प्रमुख लि लिङले भन्नुभयोः

         "खुलापन सुधार गरेपछि जनताको अधिकारलाई झन महत्वपूर्ण प्रत्याभूति दिएको छ। जस्तै हाल जनतालाई जनताको सम्पदाको अधिकार पूर्ण रुपमा दिएको छ।

         कानूनले जनताहरुको अधिकारलाई सुरक्षा गर्नुका साथै सरकारले जनताहरुलाई कानूनको स्थापना र परिवर्तनमा सहभागी हुन स्वागत गरेको छ। सन 2005को सेप्टेम्बर महिनाको सत्ताईस तारिखका दिनमा आम व्यक्ति कर सम्बन्धी सुनवाइ सम्मेलन पैचिंगमा आयोजित भयो। सो सुनवाइ सम्मेलन चिनियाँ राष्ट्रिय जन-कांग्रेसको इतिहासमा पहिलो पटक हो। च्याङ सु प्रान्तबाट श्री स्यु मिङ फू उक्त सुनवाइ सम्मेलनमा सहभागी हुनुभएको थियो। उहाँले भन्नुभयोः

         "चीनको सर्वोच्च उच्च ऐन कानून व्यवस्थापिका संस्थाले सर्वसाधारणसँग-सँगै हाम्रो आवाज उठाउन सक्छ। मलाई धेरै सुख लागेको छ।

         जनताहरु कानूनको तर्जुमा र परिवर्तनमा सहभागी हुनुका साथै सरकारको अधिकारलाई सीमित पारेको छ। सो जनताहरुको अधिकारको प्रत्याभूति क्रममा धेरै महत्वपूर्ण विषय हो।

         श्री उ पाङ कोले चीनको विशेषता समाजबाद कानून प्रणालीको स्थापना भएको छ तर सो कानूनमा पनि केहि कमजोरी रहेको भन्नुभयो। उहाँले चीनले सम्पूर्ण ऐन कानूनको स्थापना गर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह