फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कानुनसम्बन्धी वातावरण अझ पूर्ण भएको

(GMT+08:00) 2011-03-11 19:54:34

          मार्च दश तारिखका दिन चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले पैचिंगमा आयोजित चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसको वार्षिक सम्मेलनमा घोषणा गर्दै चीनको विशेषतायुक्त समाजवादी कानुनी प्रणालीको स्थापना गरेको कुरा बताउनुभयो। सोबाट चीनले आर्थिक तथा सममाजिक विकासमा विभिन्न क्षेत्रले जुनसुकै काममा कानुन लागु हुने गरी , चीनको कानुनसम्बन्धी वातावरण अब पूर्ण भएको छ।

          चीनको विशेषतायुक्त समाजवादी कानुनी प्रणालीको स्थापनाको क्रममा धेरै कठिनाइ भने रहेका छन्। सन् 1949 मा नयाँ चीनको स्थापना भएपछि विवाहसम्बन्धी कानुन, भूमिसुधार सम्बन्धी कानुन, निर्वाचन कानुन आदि जनताको अधिकारको प्रत्याभूति दिने कानुन तर्जुमा गरिएको छ। तर त्यसपछिको केही वर्षमा चीनको कानुन निर्माणको प्रक्रिया स्थगित भएको थियो।

          सन् 1978 मा खुलापन र सुधार भएपछि चीनको कानुनको स्थापना पुनःसुरु भएको छ। अपराधसम्बन्धी कानुन, प्रशासनिक कार्यविधि कानुन आदि कानुनको तर्जुमा गरिएको छ। सो कानुनको तर्जुमाबाट जनताको अधिकारको प्रत्याभूति हुनुका साथै कानुनअनुसार प्रशासन् चलाउने कुरा स्पष्ट भएको छ। चीन र विदेशी मुलुकद्बारा व्यवसायलाई संयुक्त स्थापना गर्ने कानुन, आर्थिक सम्झौतासम्बन्धी कानुन, विदेशी व्यवसायसम्बन्धी कानुन आदि पनि तर्जुमा गरिएको छ। सो कानुनबाट चीनको खुलापन सुधार र आधुनिकीकरणको निर्माणलाई प्रत्याभूति दिइएको छ। सन् 1982 मा चीनले नयाँ चीनको चौथो संविधान तयारी गरेको थियो। सो संविधानअनुसार सबै जनता कानुनका हिसाबले समान हुन्। त्यसपछि संविधानको अझ सम्पूर्णताका लागि संविधानमा चार पटक सुधार गरिएका छन्।

          चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका सदस्य एवम् कानुनविंद स्यु स्येङ मिङले हालै चीनको कानुनको कूल संख्या दुइ सय उनान्चालीस पुगेको छ भन्दै चीनको सामाजिक जीवनका विभिन्न क्षेत्रमा जुनसुकै काममा कानुन लागु हुने बताउनुभयो। उहाँले भन्नुभयोः

          "हाल चीनका सबै क्षेत्रमा सम्बन्धित कानुन रहेको छ। जस्तै सैनिक, परराष्ट्र, शिक्षा आदि क्षेत्रलाई लिन सकिन्छ।

          चीनको कानुनी प्रणालीको स्थापना अझ पूर्ण भएको छ। आर्थिक निर्माण, समाजमा समानताको कुरा तथा समाजको स्थिरताको संरक्षणमा विभिन्न किसिमको कानुनले झन् महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। जस्तै चीनको "एकाधिकार प्रतिरोधसम्बन्धी कानुन"मा ठूलो व्यवसायले बजारको मुख्य स्थानलाई प्रयोग गरी प्रतिस्पर्धा गर्ने कुराको प्रतिरोधको तर्जुमा गरेको छ। सन् 2010 मा चीनले नयाँ "निर्वाचन कानुन" पारित गरेको छ। नयाँ निर्वाचनसम्बन्धी कानुनमा ग्रमीण क्षेत्र र शहरमा बसेका जनताबीचको भिन्नतालाई हटाएको छ। जनताको राजनैतिक अधिकारमा झन् समानता भएको छ। यसबाहेक हरेक जनताको शिक्षा, चिकित्सा, रोजगारी आदि अधिकारलाई अझ समान रुपमा प्रत्याभूति दिनका लागि चीनले क्रमवद्ध कानुन तर्जुमा गरेको छ।

          चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसअन्तर्गत कानुन समितिका सदस्य सिङ छुङ यिङले भन्नुभयोः

          "सामाजिक आवश्यकता, जनताको इच्छा र माग पूरा गर्नका लागि चीनले कानुनी प्रणाली स्थापना गरेको छ। हाम्रा सबै कानुनी विभागले जनताको जीवनलाई महत्व दिएको छ। सोबाट जनताको अधिकारको प्रत्याभूति भएको छ, जनताको जीवन झन् राम्रो हुने भएको छ।

          चीनको कानुनी प्रणालीको अझ सम्पूर्ण भएको छ। जनता र व्यवसायहरुको अधिकारलाई पूर्ण प्रत्याभूति पुगेको छ। समाजवादी प्रजातन्त्रमा सम्पूर्ण कानूनी प्रणाली स्थापना गरिने, जुनसुकै काममा कानुन लाग्ने र कानुनअनुसार प्रशासन् चलाउने तथा कानुन लागु हुने क्रममा सबै गम्भीर हुनुपर्छ । कानुन उल्लंघन गरेमा कानुनअनुसार नै तुरुन्त सजाय दिनुपर्छ। चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत् कानुन अध्ययन केन्द्रका प्रमुख लि लिङले आगामी समयमा चीनको कानुनमा पहिलेको कानुनको प्रतिस्थापन कसरी गर्ने भन्ने कुरामा सचेत हुनुपर्ने बताउनुभयो।

         उहाँले भन्नुभयोः

         "कानुन कार्यन्वयनमा जटिलता आउनसक्छ। कानुनअनुसार नै देशमा शासन गरी सम्बन्धित् विकास र रणनैतिक योजना तर्जुमा गर्नुपर्दछ । आगामी समयमा चीनको कानुनको स्थापना, पहिलेको कानुनको तर्जुमा र हालको कानुनको कार्यान्वयनमा ध्यान जानु जरुरी छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह