फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन सम्पन्न

(GMT+08:00) 2011-03-14 10:13:32

      चीनको सर्वोच्च आधिकृत संस्था अर्थात चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज बिहान पैचिङ्गमा सम्पन्न भयो। श्री हु चिन थाउ, श्री ऊ पाङ्ग को, श्री वन च्या पाउ र श्री च्या छिङ्ग लिन लगाएत चिनियाँ कम्युनिष्ट पार्टी र सरकारका नेताहरुले आजको समापन सम्मेलनमा भाग लिनुभएको छ। चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष ऊ पाङ्ग कोले आजको सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

      सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउद्बारा प्रस्तुत गरिएको सरकारको कार्य प्रतिवेदन अनुमोदन गरिएको छ। यसका साथै राष्ट्रिय आर्थिक तथा सामाजिक विकास सम्बन्धी बाह्रौं पञ्च वर्षीय योजनाको कार्यनीति, सन 2011 मा राष्ट्रिय आर्थिक तथा सामाजिक विकास योजना तथा केन्द्रिय बजेट, चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको कार्य प्रतिवेदन र चीनको सर्वोच्च अदालत तथा सर्वोच्च न्यायाधिवक्ता कार्यालयको कार्य प्रतिवेदनको पनि अनुमोदन गरिएको छ।

             आजको समापन सम्मेलनलाई सम्बोधन गर्दै श्री ऊ पाङ्ग कोले यस पटकको वार्षिक अधिवेशनमा निर्दिष्ट विभिन्न कार्य सफलताका साथ पूरा भएको जानकारी दिनुभएको छ।

             यस पटकको वार्षिध अधिवेशन गत पाँच तारिखदेखि शुरु भएको थियो। अधिवेशनका अवधिमा प्रतिनिधिहरुद्बारा पेश गरिएका 566 वटा प्रस्ताव पाइएका छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह