फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुलुकको विकास मेलमिलापयुक्त तथा स्थिर वातावरणसँग घनिष्ट सम्बन्ध रहेको

(GMT+08:00) 2011-03-14 19:05:22
   हाल केही व्यक्तिहरुले जाली सूचना बनाएर इन्टर्नेटमार्फत विस्तार गरेका छन। उनीहरुको पश्चिमी अफ्रिका र पूर्वी अफ्रिकाको तनावपूर्ण परिस्थितिलाई चीनतर्फ लैजाने कुचेष्ठा रहेको छ। यसबारे चीनका प्रधानमन्त्री वन च्या पाउले चौध तारिख पेइचिङ्गमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै पश्चिमी अफ्रिका तथा पूर्वी अफ्रिकामा राजनैतीक अस्थिरता भएको मुलुकहरुसँग चीनलाई जोड्नु सही छैन। चिनियाँ जनताहरुको विश्वास छ:स्थिरतामा मुलुकको विकास हुनसक्ने हुन्छ,सामाजिक मेलमिलापमा जनताले सुखद जीवन पाउनसक्ने हुन्छ।

        श्री चु लि पेइचिङ्गको एक व्यवसायका जिम्मेवार व्यक्ति हुनुहुन्छ। उहाँले पत्रकारसँग कुराकानी गर्दै वर्तमान चीनका विभिन्न पक्षका विकसित प्रवृति राम्रो हुँदै गएको भन्दै जनताहरुलाई कुनै पनि तनावपूर्ण अवस्था वा कारक-तत्व हेर्न मनलाग्दैन भन्ने बताउनुभएको छ। उहाँले भन्नुभयो:

        मुलुक तनावपूर्ण अवस्थामा पर्नु हामी जनताका लगि सबैभन्दा नराम्रो कुरा हो। मलाई एक उदाहरणको रुपमा लिँदा केही वर्षयता मेरो काम र जीवन झन झन राम्रो हुँदै आएको छ। म चीन स्थिर हुने आशा गर्दछु। मुलुक र समाज मेलमिलापयुक्त रुपमा विकसित भएको खण्डमा हरेक व्यक्ति राम्ररी विकसित हुन सक्ने छ।

        स्थिरता सुःख हो भने अस्थिरता दुःख हो। प्रमाणको रुपमा इतिहासलाई हेर्दा पनि समाजको विकसित अवस्था स्थिर हुँदा आर्थिक तथा सामाजिक विकास द्रुत गतिले विकसित भएको र त्यसबाट जनता अझ लाभान्वित भएका छन् । तर सामाजिक परिपाटी ध्वस्त हुँदा समाजको विकास र जनताको जिवनमा खराव असर पुर्‍याउने छ।

       वर्तमान चीनको विकास हुने क्रममा धेरैजसो समस्या देखापरेको छ। उदाहरणका लागि शहर तथा गाउँ क्षेत्रबीचको असन्तुलित विकास,धनी र गरिबबीचको अन्तर,सामाजिक अन्तर्विरोधको अवस्था आदी छन। यसबारे चर्चा गर्दै चीनको सामाजिक तथा बैज्ञानिक प्रतिष्ठानका अनुसन्धानकर्ता शान ग्वाङ्ग नाइले यी समस्याहरु मुलुक आधुनिकीकरणतर्फ विकसित हुँदै जाने क्रममा देखापर्ने अनुभव हुन भन्ने बताउनुभएको छ। उहाँले भन्नुभयो:

        पश्चिमी मुलुकद्बारा एक-दुइ सय वर्षको विकासले पाइएको उपलब्धि चीनले यति छोटो समयमा हासिल गर्दा धेरैजसो समस्या हुन्छ।

        वास्तवमा हितको प्रतिस्पर्धा नभएको समाज हुन्दैन। चीनले मेलमिलापयुक्त र स्थिर समाजको निर्माण गर्नका लागि प्रयास गरिरहेको छ। तर चीनको समाजमा देखापरेको विविध हितको प्रतिस्पर्धालाई हटाउने शक्ति छैन। चीनले सकेसम्म समाजमा रहने प्रतिस्पर्धालाई शिथिल पार्न प्रयास गरिरहेको छ। आउने पञ्च वर्षिय योजनामा चीनले स्पष्ट रुपमा आर्थिक बृद्धिको विकसित शैलिलाई द्रुत गतिले परिवर्तन गर्ने,अर्थतन्त्र र समाज चौतर्फी रुपमा दिगो विकास गर्ने,जनताहरु अझ बढी विकसित उपलब्धिबाट लाभान्वित हुने निर्णय प्रस्तुत गरेको देखिन्छ। केही दिनअघि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चीनको विशेषतायुक्त समाजवादको व्यवस्थापन प्रणालीको निर्माणका लागि समाजको व्यवस्थापन सम्बन्धी बैज्ञानिक स्तरलाई माथि उकास्नुपर्छ भन्ने बताउनुभएको छ।

        पहिलेको पुनरावलोकन गर्दा धेरैजसो अनुभवअनुसार अस्थिरतामा केही नकरात्मक सोचाइ र मनसुवा भएका व्यक्तिले आफ्नो हित खोज्न समस्त जनतालाई दुख दिन खोज्छन्। भविष्यको आशा गर्दा स्थिरताको संरक्षण,विकास खोज्नु नै चिनियाँ जनताहरुको द्रृढ धारणा र आशा हुन। यस्तो धारण लिएर सकेसम्म विभिन्न अस्थिर कारक-तत्वको समाधान गर्दै चीनको समाज अझ स्थिर र मेलमिलापयुक्त हुने र जनताको जीवन अझ बढी राम्रो हुनुपर्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह