फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा निरन्तर रुपमा आर्थिक बृद्बिको गुणस्तर र फाइदालाई बढाउने तथा राजनैतिक परिपाटीको सुधारलाई उकास्ने चीनको दृढता रहेको व्यक्त

(GMT+08:00) 2011-03-14 16:12:22

      एघारौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशनले आज विहान एउटा पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको राज्य परिष्दका प्रधानमन्त्री वन च्या पाउले स्वदेशी र विदेशी पत्रकारहरुसँग भेटघाट गर्दै चीनको आर्थिक बृद्बि , राजनैतिक परिपाटीको सुधार गर्ने र मुद्रासफीतीलाई काबुमा ल्याउने विषयबारे पत्रकारहरुको प्रश्नहको उत्तर दिनुभएको छ।

      चीनले स्वत स्फुर्त रुपमा आर्थिक बृद्बि दरलाई मन्द गतिमा ल्याउने र निरन्तर रुपमा आर्थिक बृद्बिको गुणस्तर र फाइदालाई बढाउने श्री वन च्या पाउले बताउनुभएको छ।

      राजनैतिक परिपाटीको सुधार गर्ने विषयको चर्चा गर्दै प्रधानमन्त्री वन च्या पाउले राजनैतिक परिपाटीको सुधार कार्य र आर्थिक परिपाटीको सुधार कार्यलाई समन्वयात्मक रुपमा अगाडि बढाउनुपर्ने पनि बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह