फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राजनैतिक संरचना र आर्थिक संरचनाको सुधार मिलाएर गर्नेः चीनका प्रधानमन्त्री

(GMT+08:00) 2011-03-14 20:12:44
      चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक अङ्ग राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक नियमित अधिवेशन आज पैचिङमा पूरा भयो। अधिवेशनपछिको पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री वन च्या पाउले आर्थिक वृद्धिको ढांचामा परिवर्तन गर्ने विषयलाई सरकारको मुख्य कार्य बनाउने कुरा बताउनुभएको छ। साथै चीनको राजनैतिक संरचना र आर्थिक संरचनाको सुधार मिलाएर अघि बढाउने कुरा व्यक्त गर्नुभएको छ।

      दुई घण्टा चलेको पत्रकार सम्मेलनमा विदेशी र स्वदेशी सम्वाददाताहरुले सर्वसाधारणको जीवन, आर्थिक विकास, साँस्कृतिक निर्माण लगायत विभिन्न क्षेत्रका दशभन्दा बढी प्रश्न प्रधानमन्त्री वनलाई सोधेका छन्। केही वर्षदेखि यता चीनको अर्थतन्त्रले द्रुत गतिको विकसित प्रवृत्ति कायम राख्दैआएको छ। कुल गार्हस्थ उत्पादन मात्रा आर्थिक विकास र अधिकारीको उपलब्धि नाप्ने मुख्य मानदण्ड थियो। तर बाह्रौं पञ्चवर्षीय योजनामा आगामी पाँच वर्षमा आर्थिक वृद्धि अनुमाण लक्ष्यलाई चीन सरकारले सक्रिय रुपमा खटेर हरेक वर्ष सात प्रतिशतको अनुमाण-लक्ष्य बनाएको छ। यो संख्या एघारौं पञ्च वर्षीय योजनाको तुलनामा 0.5 प्रतिशतले घटेको छ। चीनको अर्थतन्त्रको दिगो विकास हुनका लागि आर्थिक वृद्धि लक्ष्य घटेको कुरा श्री वनले व्याख्या गर्नुभयो-  

    "आर्थिक विकासको गति घट्नु अठोट गरेअनुसारको एउटा महत्वपूर्ण कदम हो। विज्ञान-प्रविधिको विकास गर्ने र श्रमिकको गुणस्तरलाई माथि उकास्ने कुरामा निर्भर भई आर्थिक वृद्धिको गुणस्तर र नाफालाई माथि उकास्नमा महत्व दिने छ। सात प्रतिशतको विकसित गति पनि ठीक छ। हाम्रो आर्थिक कूल मात्रा क्रमशः बढेर आधार बनेको छ। सात प्रतिशतको वृद्धि गति साकार गर्न सजिलो कुरा होइन।"

      गत वर्ष चीनको आर्थिक कूल मात्रा विश्वको दोस्रो स्थानमा थियो। द्रुत गतिले आर्थिक विकास भएकाले अरु पक्षले चीनको राजनैतिक संरचनाको सुधारमा झन् झन् बढी ध्यान दिएका छन्। यसप्रति श्री वनले चीनको राजनैतिक संरचना सुधार र आर्थिक संरचना सुधारलाई मिलाएर अघि बढाउने कुरा व्यक्त गर्नुभएको छ।

     "राजनैतिक संरचना सुधार आर्थिक संरचना-सुधारको प्रत्याभूति हो। राजनैतिक संरचनाको सुधार नभएमा आर्थिक संरचनाको सुधार सफल हुने छैन। वर्तमानमा सबैभन्दा गम्भीर खतरा भ्रष्टाचार हो, मेरो विचारमा। भ्रष्टाचार हटाउनका लागि संरचना र व्यवस्थाको सुधार गर्नुपर्छ।"

      आजको पत्रकार सम्मेलनमा श्री वनले मुद्रास्फितिको नियन्त्रण, चिनियाँ युआनको विनिमय दर, पश्चिमी एशिया तथा उत्तर अफ्रिकको राजनैतिक उतार-चढाव, जापानमा गएको गम्भीर भूकम्प, थाइवान जल-डमरुका दुई किनाराको अर्थतन्त्र-व्यापार र हंङ्गकंङ्गको विकासलगायत विषयबारे सम्वाददाताको प्रश्नको उत्तर दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह