फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्चार माध्यमहरूद्वारा चीनमा सम्पन्न दुईवटा अधिवेशनप्रति ध्यानाकर्षण

(GMT+08:00) 2011-03-15 16:24:34
      चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशन तथा चिनियाँ जन कांग्रेसको वार्षिक अधिवेशन छुट्टाछुट्टै रुपमा अस्ति र हिजो सम्पन्न भएका छन्। विदेशी सञ्चार माध्यमहरूले चीनमा सम्पन्न उक्त दुई अधिवेशन तथा चीनका प्रधानमन्त्री वन च्या पाउद्वारा आयोजित पत्रकार सम्मेलनको विषयलाई ध्यान दिएका छन्।

      जर्मनीको "देउचचे प्रेस अजेन्टुर"का अनुसार, पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री वन च्या पाउले आगामी पाँच वर्ष निर्णायक अवधि हुने कुरामा जोड दिनुभयो। जसबाट चीन सरकारले आगामी पाँच वर्षको अवधिमा चीनको आर्थिक विकासको गुणस्तर तथा प्रभावकारितालाई उकास्ने तथा सामाजिक स्थिरता र मेलमिलापलाई अघि बढाउने कुरा प्रतिबिम्बित भएको छ।

      बेलायतको रोएटर समाचार संस्थाका अनुसार, प्रधानमन्त्री वन च्या पाउको सम्बोधनबमोजिम, चालुवर्ष चीनको सामु रोजगारी बढाउने तथा मुद्रास्फिति घटाउने दुई पक्षबीच सन्तुलन खोज्ने जिम्मेवारी देखापरेको छ।

      त्यसका अतिरिक्त, अमेरिकाको ए.पि. समाचार समिति, बी.बी.सी. तथा भारतको पि.टी.आइले पनि चीनका दुईवटा अधिवेशन सम्पन्न भएको समाचारको प्रसारण गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह