फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा ब्रिक मुलुकका राष्ट्रनायकसँग वार्ता गर्ने प्रतीक्षामा भारतीय प्रधानमन्त्री

(GMT+08:00) 2011-04-12 14:45:23
      एशिया र विश्वमा अर्थतन्त्रको वृद्धि सबैभन्दा छिटो भएको चीनमा ब्रिक मुलुकका राष्ट्रनायकस्तरीय वार्ता आयोजना हुने छ। यो सबै ब्रिक मुलुकका लागि प्रेरणा भएको कुरा भारतीय प्रधानमन्त्री मनमोहन सिँहले सम्वाददातालाई दिनुभएको अन्तर्वातामा बताउनुभएको छ। अरु ब्रिक मुलुकका राष्ट्रनायकसँग अन्तर्राष्ट्रिय राजनीति, अर्थतन्त्र, बैकिङ, विकास र आपसी सहयोगको बारेमा छलफल गर्ने प्रतीक्षामा रहेको कुरा उहाँले व्यक्त गर्नुभएको छ।

      साथै उहाँले दक्षिण अफ्रिका ब्रिक मुलुकमा प्रवेश गरेको कुराप्रति हार्दिक स्वागत गर्नुभएको छ।

      उहाँका अनुसार, भारत र चीनको शान्ति तथा विकास ब्रिक मुलुकहरु बीचको सहयोगलाई सहयोगी हुनुका साथै विश्वको आर्थिक विकासका लागि पनि सहयोगी भएको छ। भारतीय र चिनियाँ अर्थतन्त्रको द्रुत गतिमा वृद्धिताले दुई मुलुकका जनता र विश्वको अर्थतन्त्रको मागसँग मेल-मिलाउएको छ।

      ब्रिक मुलुकका राष्ट्रनायकबीचको तेस्रो वाता पर्सि अर्थात चौध तारिक चीनको हाइ नान प्रान्तको सान या शहरमा सुरु हुनेछ। चीनका राष्ट्राध्यक्ष हु चिन थाउले उक्त वाताको अध्यक्षता गर्नुहुनेछ। ब्राजिल, रुस, भारत, र दक्षिण अफ्रिकका नेतागण उक्त वार्तामा सहभागी हुनुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह