चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज दिउँसो पैचिंगमा ब्राजिलका राष्ट्रपति डिल्मा रौसेफसँग भेट-घाट गर्नुभयो। सो अवसरमा दुई पक्षले द्बिपक्षीय सम्बन्धको विकासलगायतका श्रृंखलाबद्ध विषयहरुमा व्यापक सहमति हासिल गर्नुभयो।
चीनले ब्राजिलसँग अन्तर्राष्ट्रिय मामिलामा रणनैतिक सहयोग गर्ने, जलवायु परिवर्तन, दिगो विकासआदि विश्वव्यापी चुनौतीको संयुक्त रुपमा सामना गर्ने मनसाय लिएको कुरा श्री हु चिन थाउले बताउनुभयो।
यसै गरी श्री रौसेफले ब्राजिलले चीनसँग संयुक्त राष्ट्र संघ, बीस मुलुक समूह आदि बहुपक्षीय संगठनहरु, व्यापार, बैकिङ, वातावरण आदि अन्तर्राष्ट्रिय समस्याहरुमा समन्वय र सहयोगलाई सबल पार्ने मनसाय लिएको कुरा बताउनुभयो।