फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुक बैङ्क सहयोगात्मक प्रणाली वार्षिक सम्मेलन अन्तर्गत बैकिङ्ग मञ्च शुरु

(GMT+08:00) 2011-04-13 16:57:03

      ब्रिक्स मुलुक बैङ्क सहयोगात्मक प्रणाली वार्षिक सम्मेलन अन्तर्गत बैकिङ्ग मञ्च आज तेह्र तारिख चीनको हाइ नान प्रान्तको सान यामा शुरु भयो। चीनको राष्ट्रिय विकास बैंक,ब्राजिल विकास बैंक,रुस विकास तथा विदेशी अर्थतन्त्र बैंक,भारतको आयात -निर्यात बैंक र दक्षिण अफ्रिकाको विकास बैंकबाट आएका बित्तीय विशेषज्ञ र ब्रिक्स मुलुकका नामी व्यवसायीले वर्तमान विश्वको आर्थिक तथा बित्तीय विकासको परिस्थिति,ब्रिक्स मुलुकका बैंकबीचको सहयोगबारे छलफल गरेका छन्।

    यस बैकिङ्ग मञ्चको उद्घाटन समारोहमा बोल्दै चिनियाँ जन राजनैतिक परापर्शदात्री सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष लि उ वेले सबैभन्दा सक्रिय आर्थिक शक्तिसहित नयाँ स्थापित बजार मुलुकको रुपमा ब्रिक्स मुलुकले बैंकिङ्ग संकटमा अर्थतन्त्रको पुनःरुत्थान व्यवहारमा उतारेको देखिन्छ भनी बताउनुभएको छ। उहाँका अनुसार वर्तमान परिस्थितिमा निरन्तर रुपमा ब्रिक्स मुलुकबीचको आर्थिक तथा बित्तीय सहयोगलाई विस्तार र गहन पार्नु विभिन्न पक्ष र सारा विश्वको अर्थतन्त्रको दिगो विकासका लागि हितकर हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह