फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न पक्षद्वारा ब्रिक्स मुलुकका नेताहरुबीचको भेट-वार्ताप्रति ठूलो आशा

(GMT+08:00) 2011-04-13 18:32:53
   ब्रिक्स मुलुकका नेताहरुबीचको तेस्रो भेट-वार्ता अप्रिल चौध तारिख चीनको सान या शहरमा आयोजना हुने भएको छ। यस पटकको भेट-वार्ताले ब्रिक्स मुलुकका धेरै आशा बोकेको छ। यस पटकको भेट-वार्ताले महत्वपूर्ण तथा सक्रिय उपलव्धि हासिल गर्नसक्ने आशा विभिन्न पक्षले गरेका छन्। चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी विशेषज्ञ ये हाइ लिनका अनुसार, विभिन्न मुलुकले विभिन्न हित प्राप्त गर्न खोजेतापनि ब्रिक्स मुलुकले एकमत प्राप्त गर्नु वर्तमान परिस्थितिमा विभिन्न पक्षको साझा प्रतीक्षा रहेको छ।

        श्री ये हाइ लिनका अनुसार, आर्थिक सहयोगसम्बन्धी एउटा व्यवस्था स्थापना गर्नका लागि सर्वप्रथम साझा हित निश्चित गर्नुपर्छ। यताका केही वर्षदेखि सम्बन्धित वास्तविकताबाट ब्रिक्स मुलुकमा कतिपय समान नीति देखापरेको छ। श्री ये हाइ लिन भन्नुहुन्छ,

        हालैको एउटा नमुना भनेको लिबिया समस्यामा ब्रिक्सका पाँच वटा मुलुकमध्ये कुनै पनि मुलुकले नेटोको सैनिक गतिबिधिको समर्थन गरेको छैन। अब एउटा निर्णायक कुरा भनेको यस्तो समान गतिबिधिलाई अघि बढाउनुपर्छ। ब्रिक्सका पाँच मुलुकले आपसी हित तथा विचारको आधारमा आपसी अडानलाई समन्वय गरी एउटै स्वर गरी उत्रनुपर्छ । यसो भएमा भविष्यमा यसमा एउटा निकै ठूलो प्रगति हुनेछ।

        विश्वमा ब्रिक्स मुलुकसँग तीस प्रतिशत क्षेत्रफल तथा बयालीस प्रतिशत जनता छन्। नवोदित आर्थिक समूहको प्रतिनिधिको रुपमा ब्रिक्स मुलुकबीचको सहयोग गर्ने उज्यालो भविष्य छ। यस पटकको भेट-वार्तामा तिनीहरु आफ्ना प्रतीक्षा लिएर आएका हुन्।

        ब्राजिलले ब्रिक्स मुलुक भन्ने चौतारोमार्फत अरु नवोदित मुलुकहरुसँगको सहयोगलाई सबल पार्नसक्ने आशा गरेको छ। रुसले ब्रिक्स व्यवस्थामा पूर्ण रुपमा भूमिका निर्वाह गरी स्वदेशको अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्न सक्ने आशा गरेको छ। भारतले ब्रिक्सका अरु मुलुकका नेताहरुसँग अन्तर्राष्ट्रिय राजनीति तथा सदस्य मुलुकहरुबीचको आर्थिक सहयोगबारे छलफल गर्नसक्ने आशा गरेको छ। दक्षिण अफ्रिकाले यस सुअवसरलाई छोपेर अफ्रिकी मुलुकहरुको तर्फबाट अफ्रिकी मुलुकहरुको हितको अरु राम्रोसँग संरक्षण गर्नसक्ने आशा गरेको छ। चीनले यस पटकको भेट-वार्तामार्फत ब्रिक्स मुलुकबीच अन्तर्राष्ट्रिय मामिलामा आपसी समन्वय तथा सहयोगलाई सबल पारी ब्रिक्स मुलुकबीचका विभिन्न क्षेत्रमा विद्यमान व्यावहारिक सहयोगलाई विस्तार गर्नसक्ने आशा गरेको छ।

        श्री ये हाइ लिनका अनुसार, ब्रिक्सको हरेक मुलुकले यस्तो बहुपक्षीय प्रक्रियामा भाग लिन फरक हित तथा आशा गरेको छ। ब्रिक्स मुलुकले आपसी मतभेदको सामना गर्नुपर्छ। यस्तो वास्तविकता ठीक रुपमा हेरेर ती फरक आशालाई एउटै चौतारोमा आदान-प्रदान तथा छलफल गर्न सकिन्छ। यसका साथै ब्रिक्स मुलुकबीच धेरै समान विचार तथा प्रतीक्षा रहेका छन्।

        एउटा अरु निष्पक्ष अन्तर्राष्ट्रिय आर्थिक परिपाटीको स्थापना गर्नु ब्रिक्सका पाँच वटा मुलुकहरुलाई सँगै मिलाउने एउटा मुख्य प्रेरक शक्ति हो। चीनले ब्रिक्सका पाँच वटा मुलुकसँग आपसी समान विन्दु खोजेर यस्तो व्यवस्थालाई नियमित पार्ने तथा अरु बढी औपचारिक पार्ने आशा गरेको छ। हरेक मुलुकको आफ्नो प्रतिक्षा छ। तथापि उक्त पाँच वटा मुलुकले एउटै स्वर गर्नु यस भेट-वार्तामा सहभागी मुलुकको समान विचार पनि हो।

        यस पटकको भेट-वार्ता "ब्रिकका चार मुलुक"को विस्तार भएपछि आयोजना हुने पहिलो शिखर सम्मेलन हुनेछ। विश्वको दोस्रो ठूलो आर्थिक समूह तथा ब्रिक्स मुलुकको वर्तमान अध्यक्ष मुलुकको हैसियतले चीनले ब्रिक्समा भूमिका निर्वाह कस्तो हुने भन्ने कुरालाई विभिन्न पक्षद्वारा ध्यान दिइएको छ। श्री ये हाइ लिनका अनुसार, ब्रिक्स मुलुकको नेता बन्ने इच्छा चीनले लिएको छैन। यो हाम्रो हितसँग अनुकूल नभएको साथै हाम्रो नीति पनि होइन। चीनले निर्वाह गर्ने भूमिका वार्ता तथा शान्तिलाई अघि बढाउनु र आपसी समन्वय गर्नु हो। उहाँ भन्नुहुन्छ,

        चीनको अर्थतन्त्र विदेशसँग घनिष्ठ सम्बन्धित रहेको छ। जसबाट चीन र भारत, रुस, ब्राजिल तथा दक्षिण अफ्रिकाबीचको धेरै सम्बन्ध छ। तथापि यस्तो सम्बन्ध ब्रिक्सका अरु चार मुलुकबीच स्पष्ट छैन। हामीले अरु मुलुकहरुभन्दा अरु सक्रिय भूमिका निर्वाह गर्नेछौं। यस्तो व्यापारिक सम्बन्धले चीनलाई अरु चार वटा मुलुकसँग सहयोग गर्ने भूमिकालाई सबल पार्नेछ। जसबाट ब्रिक्स मुलुकहरूले विश्वको व्यापारिक प्रारुपमा अरु ठूलो भूमिका खेल्न सक्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह