फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ विकसित आर्थिक समूहको अन्तर्राष्ट्रिय स्थान सबल पारिएको—पो आउ एशियाली मञ्चको वार्षिक प्रतिवेदन

(GMT+08:00) 2011-04-13 18:35:46
     "सन् 2011 पो आउ एशिया मञ्चअन्तर्गत नयाँ विकसित आर्थिक समूहको विकाससम्बन्धी वार्षिक प्रतिवेदन" आज प्रकाशित भएको छ। उक्त प्रतिवेदनअनुसार, बैकिंग संकटपछि अन्तर्राष्ट्रिय मामिलामा नयाँ विकसित आर्थिक समूहको स्थान सबैभन्दा बढी सबल भएको छ।

      अमेरिकाबाट सुरु भएको बैकिंग संकटले विश्व विशेष गरी विकसित समूहलाई प्रभाव पारेको छ। नयाँ विकसित समूहका मुलुकहरुले आर्थिक संकटको सामना, मौसम परिवर्तन, आतंकवाद विरोधलगायत अनेकौ अन्तर्राष्ट्रिय कार्यमा सक्रिय रुपमा भाग लिएर विश्वको अर्थतन्त्रलाई अझ निष्पक्ष र न्याय दिगो विकासतिर अघि बढाएको कुरा उक्त प्रतिवेदनमा जनाइएको छ।

      सन् 2010 को सुधारपछि विश्व बैंकमा विकासोन्मुख मुलुकको मतदान अधिकार बढेर 47 प्रतिशत पुगेको छ। नयाँ विकसित आर्थिक समूहले विकसित समूहसँगसँगै प्रयास गरेर नयाँ अन्तर्राष्ट्रिय परिपाटी निर्माण गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह