चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज हाइ नान प्रान्तको सान या शहरमा रुसका राष्ट्रपति दमिट्री मेदभेदेभसँग भेट-घाट गर्नुभयो।
सो अवसरमा दुई पक्षले चीन र रुसबीचको सम्बन्धलाई निरन्तर र स्वस्थ रुपमा स्थिरताका साथ अगाडि विकास तथा प्रवर्द्धन गर्न स्वीकार गर्नुभयो।
श्री हुले चीन र रुसले दुई मुलुकबीचको सहयोगात्मक र साझेदारी सम्बन्धको विकास गर्ने, दुई मुलुकको साझा हितको संरक्षण गर्ने र विश्व शान्ति, सुरक्षा, स्थिरतालाई प्रवर्द्धन गर्ने कुरा बताउनुभयो।
प्रत्युत्तरमा श्री मेदभेदेभले रुसले चीनसँग मिलेर दुई मुलुकबीच विभिन्न क्षेत्रको सहयोगलाई अगाडि बढाउने कुरामा पनि जोड दिनुभयो।