फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकको तेस्रो शिखर भेट-वार्ता सुरु

(GMT+08:00) 2011-04-14 15:46:54

    चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अध्यक्षतामा ब्रिक्स मुलुकका नेतागणबीचको तेस्रो भेट-वार्ता आज चौध तारिखका दिन चीनको हाइ नान प्रान्तको सान या शहरमा सुरु भयो। ब्राजिल,रुस,भारत र दक्षिण अफ्रिकाका निमन्त्रित नेताहरुले यस वार्तामा भाग लिई "सान या घोषणा-पत्र" प्रकाशित गरेका छन्।

     यस शिखर वार्तामा बोल्दै श्री हु चिन थाउले वर्तमान विश्वका विभिन्न मुलुकका सामु असल विकसित मौका र धेरै चुनौति देखापरेको छ भन्दै शान्त,न्यायपूर्ण र संयुक्त मेलमिलापयुक्त 21औं शताब्द्धीका लागि विभिन्न पक्षले आपसी विकास प्रवर्द्धन गर्न, अन्तर्राष्ट्रिय आदान-प्रदान र सहयोगलाई घच्घच्याउन र ब्रिक्स मुलुकबीचको साझेदारी सम्बन्धलाई गहन पार्नका लागि प्रयास गर्नुपर्ने बताउनुभएको छ।

    ब्रिक्स मुलुकद्बारा प्रकाशित गरिएको "सान या घोषणा-पत्र "बाट थाहा पाइएअनुसार, ब्रिक्स मुलुकले बीस मुलुक समूहद्बारा निर्धारित अन्तर्राष्ट्रिय मुद्राकोषको सुधारको उद्देश्यमा समर्थन दिएको छ। साथै ब्रिक्स मुलुकले बहु-वैदेशिक कूटनीतिलाई प्रवर्द्धन गर्दै संयुक्त राष्ट्र संघले विश्वसामु देखापरेका चुनौति र त्रासको सामना गर्न केन्द्रीय भूमिका सिर्जना गर्दै जाने कुरा यस घोषणा-पत्रमा जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह