फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्षको पहिलो त्रैमासिकमा चीन र ब्रिक्सका अरु मुलुकहरुबीचका आयात र निर्यात व्यापारिक मात्रा गत वर्षको सोही अवधिको तुलनामा पैंतालिस दशमलब आठ प्रतिशतले वृद्बि

(GMT+08:00) 2011-04-15 13:30:20
    चिनियाँ भन्सार मुख्यालयले आज पन्ध्र तारिखका दिन सार्वजनिक गरेको तथ्याङ्कअनुसार , चालू वर्षको पहिलो त्रैमासिकमा चीन र ब्राजिल , रुस , भारत र दक्षिण अफ्रिका आदि ब्रिक्स-मुलुकहरुबीचको आयात र निर्यातको व्यापारिक मात्रा उनान्साठी अर्ब नब्बे करोड अमेरीकी डलर पुगेको छ। यसमा गत वर्षको सोही अवधिको तुलनामा पैंतालिस दशमलब आठ प्रतिशतले वृद्बि भएको छ।

    भन्सारको तथ्याङ्कअनुसार चीनले ब्रिक्सका अरु मुलुकबाट गरेको आयात मात्रा तेत्तीस अर्ब अमेरीकी डलर पुगेको छ र निर्यात मात्रा छब्बीस अर्ब पचासी करोड अमेरीकी डलर पुगेको छ। चीनको व्यापार घाटा छ अर्ब उन्नाईस करोड अमेरिकी डलर पुगेको देखिन्छ। यसमा गत वर्षको सोही अवधिको तुलनामा पाँच गुणाले वृद्बि भएको छ।

    यसका अत्तिरिक्त , चालू वर्षको पहिलो त्रैमासिक अवधिमा चीन र भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिकाबीचको द्बिपक्षीय व्यापारिक मात्रा बेग्ला-बेग्लै रुपमा दश अर्ब अमेरीकी डलरभन्दा बढी भएको छ। यसमध्ये चीन र भारतबीचको व्यापारिक मात्रा सबैभन्दा बढी छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह