फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष हु चिन थाउद्बारा एशियाका विभिन्न मुलुकले आपसमा सहयोग गर्न आव्हान्-2

(GMT+08:00) 2011-04-15 19:46:34
      चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज पन्ध्र तारिखका दिन एशियाका विभिन्न मुलुकले मौकालाई उपयोग गरेर संयुक्त रुपमा चुनौतिको सामना गर्दै विकसित उपलब्धिबाट सबै क्षेत्रीय सदस्य लाभान्वित हुनका लागि प्रयास गर्न आव्हान् गर्नुभएको छ।

      पोआउ एशियाली मञ्चको सन् 2011 वार्षिक सम्मेलन आज हाइनान प्रान्तको पोआउमा शुरु भयो। यस सम्मेलनको उदघाटन समारोहमा सम्बोधन गर्दै श्री हु चिन थाउले संयुक्त विकासलाई प्रवर्द्धन गर्दै मेलमिलापयुक्त एशियाको निर्माण गर्नु एशियाली जनताको साझा कार्यभार हो भन्दै यस सम्मेलनमा भाग लिएका विभिन्न मुलुकले विविध सभ्यतालाई सम्मान दिने,आपसी मित्रतालाई प्रवर्द्धन गर्ने,विकसित शैली अपनाउने,चौतर्फी विकासलाई घच्घच्याउने आदि प्रस्ताव गर्नुभएको छ।

      साथै श्री हु चिन थाउले चीनले द्रृढताका साथ शान्त तथा विकसित बाटोमा लागेर सधैं नै एशियालाई विदेशी राजनीतिको प्रथम स्थानमा राख्नुका साथै एशियाका विभिन्न मुलुकबीचको मैत्रीपूर्ण सहयोगमा विकास गर्दै जाने बताउनुभएको छ।

      चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज हाई नान प्रान्तको पो आउमा पो आउ एशियाली मञ्चको सन् 2011को वार्षिक सम्मेलनमा सहभागी विदेशी मुलुकका नेतागण, मन्त्रीस्तरीय प्रतिनिधिहरु, मुख्य अतिथिहरु र प्रतिनिधिहरुसँग भेट-घाट गर्नुभयो।

      राष्ट्राध्यक्ष हुले पो आउ एशियाली मञ्चको वार्षिक सम्मेलनमा विभिन्न अतिथि र प्रतिनिधिको सहभागिताप्रति स्वागत व्यक्त गर्नुभयो। साथै श्री हुले दश वर्षयता सबै अतिथिहरु र प्रतिनिधिहरुले पो आउ एशियाली मञ्चको विकासका लागि योगदान दिएकोमा कृतज्ञता व्याक्त गर्नुका साथै उहाँहरुले एशिया तथा विश्व अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह