फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2011 पो आउ एशियाली मञ्चको वार्षिक बैठक सम्पन्न

(GMT+08:00) 2011-04-16 18:51:37

              पो आउ एशियाली मञ्च 2011को वार्षिक बैठक आज दिउँसो सम्पन्न भएको छ।

              यस बैठकको मुख्य विषय "सहनशिलताको विकास:साझा विषय सूचि र नयाँ चुनौती" रहेको थियो । चीनका राष्ट्राध्य हु चिन थाउले उद्घाटन समारोहमा सम्बोधन गर्दै "साझा विकासलाई अघि बढाउनुका साथै मिलिजुलि एशियाको निर्माण" को विषयमा मन्तब्य दिनुभएको थियो। रुसी राष्ट्रपति मेदभेदेभ, ब्राजिलका राष्ट्रपति डिल्मा भाना रौसेफ, दक्षिण अफ्रिकका राष्ट्रपति जाकोब जुमलगायतका विश्वनेता उक्त बैठकमा सहभागी हुनुहुन्थ्यो ।

               मञ्चका महासचिव चौ वन चुङ्गले आज पत्रकार सम्मेलनमा मञ्चले एशिया मात्रै नभइ विश्वमा नै प्रभाव पार्ने सक्ने आशा व्यक्त गर्नुभयो ।

             उहाँका अनुसार, पो आउ एशियाली मञ्चले एशिया तथा नयाँ आर्थिक समूहमाथि ध्यान दिएको छ । एशियाली र क्षेत्रीय सहयोगका क्षेत्रमा साझा उपलब्धी हासिल गर्ने विषयमा विभिन्न पक्षको विचार समेटी यस मञ्चले पुस्तकको प्रकाशन गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह