फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकका नेतागणको शिखर वार्तामा टड्कारो उपलब्धि हासिल गरिएकोः दक्षिण अफ्रिकाको सञ्चार-माध्यम

(GMT+08:00) 2011-04-16 11:55:49

                दक्षिण अफ्रिकाको "बिज्नीस् डैली"ले हिजो एक लेख प्रकाशित गर्दै भर्खरै सम्पन्न भएको ब्रिक्स मुलुकका नेतागणको तेस्रो शिखर वार्ताले टड्कारो उपलब्धि हासिल गरेको कुरा जनाएको छ।

               उक्त लेखका अनुसार, ब्रिक्स मुलुकका नेतागणको तेस्रो शिखर वार्ता यस अप्रिल महिनाको 14 तारिखका दिन चीनको हाइ नान प्रान्त सान या शहरमा सम्पन्न भएको थियो । उक्त शिखर वार्तामा प्रकाशित गरिएको "सान या घोषणा-पत्र"मा अन्तर्राष्ट्रिय मुद्रा र बैकिङ प्रणालीको सुधार, आर्थिक तथा व्यापारिक सहयोग, विश्वव्यापी जलवायु परिवर्तन, खाद्यन्नको सुरक्षा, आणविक ऊर्जाको सुरक्षित रुपमा प्रयोग आदि विषयहरु समावेश छन्। साथै ब्रिक्स मुलुकका नेतागणको शिखर वार्ता विभिन्न सदस्य मुलुकले अर्थतन्त्र, बैकिङ र विकास क्षेत्रमा वार्ता र सहयोग गर्ने महत्वपूर्ण चौतारो हो भन्दै विभिन्न सदस्य मुलुकले खुला, एकता र एक अर्कालाई मद्दत दिने सिद्धान्तमा ब्रिक्स मुलुकबीचको सहयोगलाई प्रबर्द्धन गर्नुपर्ने कुरामा उक्त घोषणा-पत्रले जोड दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह