फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी उद्यानको विभिन्न तयारी कार्य पूरा

(GMT+08:00) 2011-04-27 19:03:07

              सन् 2011 चीनको सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी उद्यान खुल्नै लागेको छ। हाल उद्यानको विभिन्न तयारी कार्य पूरा भइसकेको छ। प्राचीन राजधानी सि आनले विश्वको विभिन्न क्षेत्रबाट आउने साथीहरुलाई हार्दिक स्वागत गर्नेछ। यससम्बन्धी यो ठोस विवरण सुन्नुहोस्।

               सन् 2008 पैचिंग ओलम्लिक खेलुकद, सन् 2010 को शांगहाई विश्व एक्स्पोपछि सन् 2011 सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी चीनको मुख्य भूमिमा आयोजित अर्को अन्तर्राष्ट्रिय भव्य गतिविधि हो। उक्त प्रदर्शनी सन् 2011 अप्रिल महिनाको 28 तारिखदेखि अक्टोबर महिनाको 22 तारिखसम्म सि आनको ठान पा पर्यावरण क्षेत्रमा आयोजना हुने भएको छ। उक्त प्रदर्शनी 178 दिनसम्म चल्ने भएको छ।

                हाम्रा सम्वाददाताले हिजो पुष्पकला प्रदर्शनी उद्यानबाट जनाएअनुसार, सोधपुछ केन्द्र, स्वयमसेवा केन्द्र, हुलाक सेवा, आराम केन्द्र आदि प्रबन्धको तयारी कार्य पूरा भइसकेका छन्। उक्त उद्यानका कर्मचारीहरुले पर्यटकहरुलाई सेवा उपलब्ध गराउने छन्।

               उक्त उद्यानको ढोकाको छेउमा शारीरिक अपाङ्गता भएका पर्यटकहरु, वृद्ध पर्यटकहरु र बच्चा लिएर आउने पर्यटकहरुलाई विभिन्न गाडीको सेवा निःशुल्क दिने सेवा केन्द्र छ। यसबाहेक, उक्त उद्यानमा प्रत्यक्ष रुपमा पानी खाने 18 वटा क्षेत्र, बैंकको सेवा उपलब्ध गराउने 2 वटा मोटर गाडी, 6 वटा ए.टी.एम. र बिमा सेवा उपलब्ध गराउने 5 वटा केन्द्र छन्।

              सि आन पुष्पकला प्रदर्शनी उद्यानको क्षेत्रफल चार सय अठार हेक्टर छ। उक्त पुष्पकला प्रदर्शनी अवधिमा यातायातको सुरक्षा र निर्वाध संचालनको प्रत्याभूति गर्नका लागि सि आन शहरको सरकारले रकम लगाएर सार्वजनिक बसमा बुद्धिमत्तापूर्ण नयाँ प्रविधि पनि जडान गरेको छ। सार्वजनिक बसमा बुद्धिमत्तापूर्ण नयाँ प्रविधिको जडान पुष्पकला प्रदर्शनी अवधिमा यातायात प्रणालीको महत्वपूर्ण भाग हो। सि आन सार्वजनिक बस कम्पनीका प्रमुख यिन फिङ युआनले जानकारी दिनुभएअनुसार, उक्त नयाँ प्रविधिले सार्वजनिक बसमा यात्रुहरुको संख्या, सडकको अवस्था आदि वास्तविक अवस्थाअनुसार, पुष्पकला प्रदर्शनी उद्यानमा मोटर गाडीहरुलाई समुचित रुपमा तह मिलाउने र सेवाको स्तरालई माथि उकास्ने छ। श्री यिनले भन्नुभयो

               "उक्त प्रविधिले पर्यटकहरुको संकलन तथा वितरणका क्रममा सार्वजनिक यातायातको भूमिका निर्वाह गर्ने र पर्यटकको यात्रालाई वैज्ञानिक रुपमा तह मिलाउने छौं। हाल उक्त नयाँ प्रविधिको क्षमता रहेको छ।"

               सुरक्षाको सुनिश्चितता क्षेत्रमा सि आन पुष्पकला प्रदर्शनीको सुरक्षा विभागले शांगहाई विश्व एक्स्पोको अनुभवबाट धेरै कुरा सिकेको छ। उक्त प्रदर्शनी उद्यानको सुरक्षाको निर्देशन विभागका उप प्रमुख पाइ स्युआन मिनले सि आन पुष्पकला प्रदर्शनीको सुरक्षाको कार्य चौतर्फी रुपमा पूरा भइसकेको कुरा बताउनुभयो। श्री पाइले भन्नुभयो

               "हाल पुष्पकला प्रदर्शनी उद्यानमा सुरक्षाको कार्य पूरा भइसकेको छ। सबै मोटर गाडीहरु हाम्रो उद्यानमा प्रवेश भएपछि हामी जाँचुबझ गर्नेछौँ। हामीले राष्ट्रिय ऐन र नियमलाई उल्लंघन गर्ने वस्तुमाथि जाँचबुझ गर्ने छौं। जस्तै भनौं बन्दुक, बम, विस्फोटक वस्तु, रासायनिक वस्तु, जैविक वस्तु, विकीरणयुक्त वस्तु। हामीले सि आन शहरका लागि एक राम्रो वातावरण खडा गर्नेछौं।"

               सि आन पुष्पकला प्रदर्शनी उद्यानमा तीन वटा विशेषतायुक्त खानाको सेवा क्षेत्र छन्। पल्लो शान सिको खाना र विश्वको विभिन्न क्षेत्रको खाना त्यहाँ छन्। उक्त प्रदर्शनीमा खानाको सुरक्षाको प्रत्याभूति गर्नका लागि सि आन शहरको खाद्य-पदार्थ तथा औषधि व्यूरो, गुणस्तर जाँचुबझ व्यूरो आदि विभागहरुले खाद्य-पदार्थको सुरक्षामाथि गम्भीर रुपमा जाँचबुझ गर्नेछन्। सि आन शहरको खाद्य-पदार्थ तथा ‌औ‌षधि व्यूरोका प्रमुख पाइ स्याङ लिनले भन्नुभयो

               "हामीले गम्भीर रुपमा जाँचबुझ गरेपछि भान्गर र मेट्रो यी दुबै कम्पनीलाई पुष्पकला प्रदर्शनीको खाद्य-पदार्थको कच्चा-पदार्थका प्रायोजक कम्पनीको निश्चित गरेका छौं। दुईवटा प्रायोजक कम्पनीले पुष्पकला प्रदर्शनीलाई सेवा उपलब्ध गराउने छन्।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह