फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय मुख्य परियोजनाबाट तिब्बतको ठूलो विकास भएको 1

(GMT+08:00) 2011-04-27 19:10:28

               बितेका पाँच वर्षमा अनेकौँ राष्ट्रिय मुख्य परियोजना क्रमशः तिब्बतमा सञ्चालन भएका छन्। त्यसबाट तिब्बतको आर्थिक तथा सामाजिक क्षेत्रमा फड्कोमार्ने गरी विकास भएको छ। साथै तिब्बतको आर्थिक तथा सामाजिक विकाससमक्ष देखापरेका समस्याहरुको समाधान भएको छ। विभिन्न जातिका किसान तथा पशुपालकहरुले पनि लाभ प्राप्त गरेका छन्। 

              चालुवर्षको चीनको राष्ट्रिय दिवसको विदाको अवधिमा ल्हासा शहरको छ्यु श्वी जिल्लाको च्याँग छोन गाउँकी किसान दा वा वाँग द्वीको घरमा निकै रमाइलो वातावरण देखिन्थ्यो। प्रत्येक दिन उनको घरमा बसोबास गर्ने पर्यटक दुई सय जनाभन्दा बढी देखिन्थे। जसबाट हाल उनी पहिलेभन्दा धनी भएकी छिन्। पहिले कृषि कार्य गरेकी उनले त्यसबारे विचार गरेकी थिइनन्। उनी भन्छिन्, आवाज एक

             हाल मेरो घर पहिलेभन्दा ठूलो भएको छ। सफा पनि छ। पर्यटकहरु हामी तिब्बतीको जीवनको अनुभव गर्न मेरो घर आउन सक्छन्। मेरा श्रीमान काम गर्न बाहिर जान्छन्। पर्यटनबाट मेरो पनि आय हुन्छ। जसबाट हाम्रो डबल आय हुन्छ। हाम्रो जीवन झन् झन् राम्रो हुँदै आएको छ।

             इतिहासदेखि विशेष प्राकृतिक स्थितिको कारणले तिब्बतको आर्थिक तथा सामाजिक विकासमा बाधा भएको छ। तिब्बतको छिटै रुपमा ठूलो विकास हुनका लागि बितेका पाँच वर्षमा चीनको केन्द्रीय सरकारले तिब्बतमा लगानी बढाउनुका साथै विशेष परियोजनाका लागि सम्बन्धित लगानी बढाएको छ। जसबाट तिब्बतभरिको स्थायी सम्पत्तिको लगानी ठूलो मात्रामा बढेको छ। बितेका पाँच वर्षयता जम्मा एक सय अठासीवटा राष्ट्रिय मुख्य निर्माण परियोजनाहरू अघिपछि गरी तिब्बतमा शुरु भएका छन्। उक्त परियोजनाका लागि कूल लगानी रकम एक खर्ब सैँतीस अर्ब असी करोड आर एम बी पुगेको छ। लगानीको परिमाण विगत पाँच वर्षको अवधिको परियोजनाको तुलनामा एक गुणाले बढेको छ।

             यातायात र उर्जा तिब्बतको आर्थिक तथा सामाजिक विकासका लागि एउटा समस्या हो। पाँच वर्षयता सिन च्याँग-तिब्बत र छिँग हाइ-तिब्बत राजमार्ग, खुन शा र पाँग दा विमान स्थल, लाउ हु च्वी जलविद्युत केन्द्र, छिँग हाइ-तिब्बत रेलमार्गको नाकछ्यु संभार केन्द्र आदि अनेकौँ मुख्य परियोजना सुचारु छन्। विश्व प्रसिद्ध छिँग हाइ-तिब्बत रेलमार्गको विस्तार परियोजना अर्थात ल्हासा-शिकाचे रेलमार्ग परियोजनाको निर्माण पनि हाल औपचारिक रुपमा शुरु भएको छ। विभिन्न जातिका सर्वसाधारणले अपेक्षा गरिरहेको मो थो राजमार्ग हाल निर्माणधीन अवस्थामा छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह