फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2011 सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी शुरु

(GMT+08:00) 2011-04-28 19:07:34

               आज विहान सन् 2011 सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी चीनको पल्लो शान सि प्रान्त सि आन शहरको छान पा पर्यावरण क्षेत्रमा वागमणि खुला भई शुरु भएको छ। उक्त अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी सन् 2008को पैचिंग ओलम्पिक खेलुकद, सन् 2010को शांगहाई विश्व एक्स्पोपछि चीनको मुख्य भूमिमा आयोजित अर्को अन्तर्राष्ट्रिय भव्य गतिविधि हुनुका साथै पनि नयाँ चीन स्थापना भएदेखि यता चीनको उत्तर-पश्चिमी भागमा आयोजित उच्चस्तरीय र ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी हो। यससम्बन्धी यो ठोस वितरण सुन्नुहोस।

             आज विहान सन् 2011 सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी सि आन शहरमा भव्य रुपमा शुरु भएको छ। आज विहान दश बजे चिनियाँ कम्युनिष्ट पार्टीको पल्लो शान सि प्रान्त समितिका महासचिव चाउ ल चि, सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी समितिका अध्यक्ष एवम् चीनको राष्ट्रिय वन व्यूरोका प्रमुख च्या च पाङ, चिनियाँ अन्तर्राष्ट्रिय व्यापारको अभिबृद्धि समितिका प्रमुख वान चि फै, चिनियाँ फूलबारी संघका प्रमुख च्याङ च व्है र चिनियाँ कम्युनिष्ट पार्टीको सि आन शहर समितिका महासचिव सुन छिङ युन उक्त उद्घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो। सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीका मानार्थ अध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष वाङ काङले भन्नुभयो

               "म घोषणा गर्छु-सन् 2011 सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी शुरु भयो।"

                अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी विश्वको पुष्पकला क्षेत्रमा "ओलम्पिक"को संज्ञा दिइएको छ। सन् 2011 सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी उद्यानको कूल क्षेत्रफल चार सय अठार हेक्टर छ। उक्त उद्यानमा छाङ आन स्तुपा, रचना हल, प्रकृति हल र क्वाङ युन ढोका गरी चार वटा द्योतकरुपी भवन छन्। सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीको विषय-सूची "प्रकृति र शहरबीचको अटुट सम्बन्ध , दीर्घकालीन शान्ति, प्रकृतिको रचना-शहर र प्रकृतिबीचको मेलमिलापयुक्त सहअस्तित्व" हो। उक्त अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीले "फूल, घाँसपात र पानी"को प्राकृतिक दृश्यलाई उभ्याएर पल्लो शान सि प्रान्त र सि आन शहरको इतिहास तथा सँस्कृति, क्षेत्रीय विशेषतालाई हरित, कम कार्वनयुक्त तथा प्रदूषणरहित धारणासँग मिलाएको छ।

               सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीका प्रमुख डिजाइनर लि यीले पत्रकारसँग विशेष अन्तर्वार्ता उत्तर दिंदै चीनमा आयोजना भएपछि अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीले पुष्पकलाको प्रदर्शनीबाट बदलेर समष्टिगत पुष्पकला पार्कको प्रदर्शनी बनेको कुरा बताउनुभयो। उहाँले भन्नुभयो

             "चीनले विषय-सूचीरुपी पार्कको किसिमको अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीको आयोजना गरेको कुराले अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीमा रङ्गीबिरङ्गी वस्तु थपेको छ। तयारी अवधिमा सि आनले उक्त अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीका लागि "प्रकृति र शहरबीचको अटुट सम्बन्धको दीर्घकालीन शान्ति, प्रकृतिको रचना" भन्ने विषय-सूचीको निर्णय गरेको थियो। हामीले उक्त विषय-सूचीको आधारमा उक्त अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीलाई योजना र डिजाइन गरेका हौं।"

               प्राचीन राजधानी सि आनमा भव्य अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना भएको यो पहिलो पटक हो। अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीको निवेदन, तयारी र आज विधिवत रुपमा शुरु भएकोमा सि आनका सबै सर्वसाधारण निकै खुशी छन्। सि आनका सर्वसाधारणले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हार्दिक स्वागत गरिरहेका छन्। श्री याङ सि आनका एकजना साधारण ट्याक्सी चालक हुन्। उनले भन्यो

             "सि आनको ट्याक्सी कम्पनीले हामीलाई अंग्रेजी भाषाको तालिम दिएको छ। हामी स्वदेशी तथा विदेशी पर्यटकहरुलाई अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीको अवलोकन गर्न आउन स्वागत गर्छौं।"

              सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी समितिका अध्यक्ष एवम् पल्लो शान सि प्रान्तका प्रमुख चाउ युङ चङले उद्घाटन समारोहमा सम्बोधन गर्दै सि आनले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई राम्रो सेवा दिन प्रयास गर्नुका साथै स्वदेशी तथा विदेशी पुष्पकला क्षेत्रसँग आदान-प्रदान र सहयोग गर्ने र विश्वको विभिन्न क्षेत्रका पर्यटकहरुलाई एक राम्रो अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी पस्कने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह