फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वन छ्वान भूकम्प प्रकोपग्रस्त क्षेत्रको पुन निर्माण योजनामध्ये पन्चानब्बे प्रतिशत सम्पन्न

(GMT+08:00) 2011-05-10 15:27:26
    हालसम्म सन् दुई हजार आठ सालमा चीनको वन छ्वान जिल्लामा गरेको विनाशकारी ठूलो भूकम्प प्रकोपग्रस्त क्षेत्रको पुन निर्माण योजनामध्ये पन्चानब्बे प्रतिशत कार्य सम्पन्न भएको छ। चालु वर्षको सेप्टेम्बर महिनाको अन्तसम्म प्रकोपग्रस्त क्षेत्रको पुन निर्माण कार्य चौतर्फी रुपमा सम्पन्न हुने छ।

    चीनको राष्ट्रिय विकास र सुधार समितिका उप प्रमुख मु हुङले आज दश तारिखका दिन उक्त कुरा प्रमाण दिनुभएको हो।

    श्री मु हुङले सोही दिन चीनको छङ तु शहरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रकोपग्रस्त क्षेत्रमा सबैभन्दा पहिले आबास , विद्यालय र अस्पताल आदि सार्वजनिक आधारभूत प्रबन्धहरुको निर्माण सम्पन्न भएको र अरु योजनाको कार्य पनि छिटै सम्पन्न हुने कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह