फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा विविध कार्यक्रममार्फत वन छ्वुआनमा गएको भूकम्पको तेस्रो वार्षिकोत्सव मनाइने

(GMT+08:00) 2011-05-12 19:37:46
    आज अर्थात "मे महिनाको बाह्र तारिख" चीनको स छ्वुआन प्रान्तीय वन छ्वुआनमा गएको भयंकर भूकम्पको तेस्रो स्मृति दिवस हो। प्रकोप ग्रस्त क्षेत्रमा विविध सम्झना कार्यक्रम गरिएको छ। प्रकोपको मार परी ज्यान गुमाएका परिवार र साथीको सम्झना गर्नुका साथै मान्छेहरुले भग्नावशेषमा घर-आवासको पुनःनिर्माण पनि गरेका छन्।

    तीन वर्षअघि भूकम्पका कारणले पुरानो पै छ्वुआन बस्ती भग्नावशेष बन्यो। तीन वर्षपछि अहिले श्रद्धान्जली र सम्झना गर्न मान्छेहरु क्रमशः त्यस ठाउँ पुगेका छन्।

    प्रकोपमा मृतकका परिवार, पूरानो पै छ्वुआन बस्तीका बासिन्दाहरु, भूकम्पको प्रतिरक्षा र प्रकोपको उद्धार गर्ने प्रहरी तथा सेना, पुनःनिर्माण कार्मचारी आदि क्षेत्रका प्रतिनिधिहरुले सार्वजनिक सम्झना कार्यक्रममा भाग लिएका छन्।

    दिउँसो दुई बजेर 28 मिनेटमा मान्छेहरुले ध्वस्त भग्नावशेषमा श्रद्धान्जली अर्पण गरेर मृतकको चिर शान्तिको कामना गरेका छन्।

    तीन वर्षअघिको भयंकर प्रकोपमा पै छ्वुआन विद्यालयका हजारभन्दा बढी शिक्षक तथा विद्यार्थीहरुको मृत्यु भएका थिए। विद्यार्थी हेर्नका लागि केही समयअघि चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री वन च्या पाउले नयाँ पै छ्वुआन विद्यालयको निरिक्षण गर्नुभएको थियो। उहाँले यसरी भन्नुभयो—

  "विद्यार्थीहरु, शिक्षकहरु, म पै छ्वुआनमा फर्केँ। मैले सधैं ध्यान दिएको पै छ्वुआन विद्यालयमा फर्केँ। मैले दशपटक प्रकोप ग्रस्त क्षेत्रको भ्रमण गरेँ। त्यसमध्ये आठ पटक पै छ्वुआन विद्यालयमा पुगेँ। सो अवसरमा मैले क्रमशः रुपमा विद्यार्थीबाट चिट्ठी पाएँ।केही समयअघि मैले च स्यु नामक विद्यार्थीबाट एउटा चिट्ठीका साथै उसले बनाएको स्कार्फ पनि पाएँ। यो उपहार मात्र होइन पै छ्वुआनका विद्यार्थी र जनताको मन हो।"

    तीन वर्षदेखि यता पै छ्वुआन विद्यालयमा नयाँ विद्यार्थी भर्ना भएको छ। चीनको राष्ट्रिष विकास तथा सुधार समितिका उपप्रमुख मु हुङ्ग रिले स छ्वुआन भूकम्पग्रस्त क्षेत्रको पुनःनिर्माण कार्यले सफलता हासिल गरेर परियोजनाबमोजिम 95 प्रतिशतको कार्यक्रम पूरा भएको चर्चा गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह