फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातिको जनसंख्या तिब्बतको कूल जनसंख्याको 90 प्रतिशत

(GMT+08:00) 2011-05-19 18:23:39

                  तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष पद्मा छ लिनले आज बताउँदै हाल तिब्बतको कूल जनसंख्या तीस लाखभन्दा बढी पुगेको र तिब्बती जातियको जनसंख्या तिब्बतको कूल जनसंख्याको 90 प्रतिशत रहेको बताउनुभयो।

                  उहाँले आज आयोजित पत्रकार सम्मेलनमा सन् 1959 मा तिब्बतको कूल जनसंख्या एघार लाख चालीस हजार पुगेको र हाल तीस लाख भन्दा बढी पुगेको बताउनुभयो। उहाँले तिब्बतले विभिन्न जातीय साझा समृद्धि र विकास नीतिलाई कायम राखेको कुरा पनि बताउनुभयो।

                   उहाँले तिब्बतका विभिन्न जातिका जनतालाई राष्ट्रिय मामिलाको व्यवस्था सम्बन्धी अधिकारलाई प्रत्याभूति दिइएको कुरा बताउनुभयो। उहाँले हालै तिब्बत स्वायत्त प्रदेशका विभिन्न स्तरका जन-कांग्रेसका प्रतिनिधिहरुमध्ये तिब्बत जातीय र अरु अल्पसंख्यक जातिका व्यक्तिहरुको संख्या 94 प्रतिशतभन्दा बढी रहेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह