फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय मुख्य परियोजनाबाट तिब्बतको ठूलो विकास भएको 2

(GMT+08:00) 2011-05-25 18:36:47

 

                सम्बन्धित तथ्याङ्कअनुसार, सन् 2010को अन्तमा तिब्बतको राजमार्गको कूल लम्बाइ सन् 2005को भन्दा तीस हजार किलोमिटरभन्दा पनि बढी पुग्नेछ। विद्युत सेवा पाएको जनसंख्याको दर सन् 2005को भन्दा बाईस प्रतशितले वृद्धि भएको छ। आधारभूत प्रबन्धको सुधार भएबाट ठूलो विकास भएको तिब्बती पर्यटन उद्योगलाई पनि अझ बढाइएको छ। त्यसबारे तिब्बत स्वायत्त प्रदेशको पर्यटन ब्यूरोका प्रमुख फा चु जानकारी दिँदै यसो भन्छन्,

              तिब्बती पर्यटन उद्योगमा पर्यटकहरुको संख्याको वृद्धिदर पश्चिमी चीनका अरु प्रान्तको भन्दा बढी देखिन्छ। हरेक वर्ष बीस प्रतिशतभन्दा बढी पुगेर द्रूत गतिले विकास भएको छ। त्यसबाट तिब्बत स्वायत्त प्रदेशको औद्योगिक संरचनामा सुधार भएको छ। विकासको प्रवृतिप्रति हामीलाई निकै खुसी लागेको छ।

              यसबाहेक किसान तथा पशुपालकहरुको जीवन स्थिति सुधार्नका लागि चीनले सत्ताईस अर्ब चिनियाँ युआनको लगानी गरेको छ। यसवर्षको अन्तसम्म चौध लाख किसान तथा पशुपालक सुरक्षित तथा सुविधाजनक नयाँ आबासमा बसोबास गर्नेछन्। दुई लाख किसान तथा पशुपालकले सफा ऊर्जा-स्रोतको प्रयोग गर्नसक्नेछन्। पन्ध्र लाख तीस हजार किसान तथा पशुपालकले सफा पानी खान सक्नेछन्। साथै एकवर्षमा किसान तथा पशुपालकको सरदर आय चार हजार चिनियाँ युआनभन्दा बढी पुग्नेछ। तिब्बत स्वायत्त प्रदेशको विकास तथा सुधार समितिका अधिकारी मु युँग न्येन भन्छन्

              अनेकौँ परियोजनाको निर्माणबाट किसान तथा पशुपालकको जीवन स्थितिमा स्पष्ट रुपमा सुधार आएको छ। प्रदेशको आर्थिक तथा सामाजिक विकाससमक्ष देखापरेको समस्याको पनि प्रभावकारी रुपमा समाधान भएको छ। जसबाट सम्पन्न तिब्बत, शान्तिपूर्ण तिब्बत, मेलमिलापयुक्त तिब्बत, पर्यावरणीय तिब्बतको नीतिको आधारलाई सुदृढ पारिएको छ।

              वितेका पाँच वर्ष तिब्बतको आर्थिक तथा सामाजिक विकासमा सबैभन्दा छिटो गतिले भएको अवधि हो। सन् 2009मा तिब्बत स्वायेत्त प्रदेशको कूल गार्हस्थ उत्पादन मात्रा चवालीस अर्ब दश करोड चिनियाँ युआन पुगेको थियो। यो सन् 2008को तुलनामा बाह्र दशमलब चार प्रतिशत बढेको थियो। तिब्बत स्वायत्त प्रदेशका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, आगामी पाँच वर्षमा तिब्बत सरकारले अरु बढी लगानी गर्नेछ। तिब्बत सरकारले यातायात, उर्जा स्रोत, जल-संभार तथा दूर-सञ्चारलाई महत्व दिएर मुख्य परियोजनाको निर्माणलाई गतिशील तुल्याउनेछ। तिब्बत सरकारले तिब्बतको आर्थिक तथा सामाजिक विकासमा विद्यमान समस्याको चाँडै नै समाधान गर्न तथा तिब्बतको आर्थिक तथा सामाजिक विकासको स्तर उकास्न प्रयास गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह