फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र दक्षिण एशियाली मुलुकहरुका राजनैतिक तथा वाणिज्य क्षेत्रका व्यक्तिहरुले संयुक्त रुपमा लगानी लगाउने र व्यापारिक सहयोग गर्ने

(GMT+08:00) 2011-06-06 15:53:20
    चीन र दक्षिण एशियाली मुलुकहरुबाट आएका सरकारी पदाधिकारी, उद्योग-वाणिज्य क्षेत्रका नेताहरु, व्यापारिक लगानी लगाउनेतर्फका प्रतिनिधिहरु, उद्योग-व्यवसायहरुका प्रतिनिधिहरु र अन्वेषणकर्ताहरु आदि गरी करिब पाँच सय व्यक्तिहरुले हिजो पाँच तारिखका दिन चीनको युन नान प्रान्तको खुन मिङ्ग नगरमा भेला भएर चीन-दक्षिण एशिया बीचको छैठौं वाणिज्य मामिला मञ्चमा सहभागी हुनुभएको छ। सहभागीहरुले चीन-एशिया बीच लगानी लगाउने र सहयोग गर्ने क्षेत्रमा निहित शक्ति निकै वृहत रहेकोले एकले अर्कासित सम्पर्क राख्नेतर्फ जोड दिएर व्यापारिक कार्यको विस्तार गरी व्यापारिक बनौटलाई राम्रो पार्नुका साथै चीन र दक्षिण एशिया बीचको सम्बन्धको विकासलाई अघि सार्नुपर्ने बताएका छन् ।

    चीनका सहायक परराष्ट्र मन्त्री ऊ हाइ फिङ्गको भनाइ अनुसार चीन र दक्षिण एशियाली मुलुकहरुका सामु अर्थतन्त्रको विकास र जन-जीवनको स्तरको सुधार गर्ने जस्ता साझा कार्यभार देखा परिरहेको छ र त्यसकारण वर्तमान सुनौलो मौकालाई समात्नु पर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह