फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उन्नाईसौं चीनको खुन मिङ आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनी शुरु

(GMT+08:00) 2011-06-06 19:00:52

    उन्नाईसौं चीनको खुन मिङ आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनी आज ‌औपचारिक रुपमा शुरु भएको छ।

चीनका लागि नेपाली राजदूत टङ्क प्रसाद कार्की, नेपालको वाणिज्य तथा आपू‍र्ति मन्त्रालयका सचिव शुशिल जंग बहादुर राणा, चीनका लागि नेपाली राजदूतावासका वाणिज्य काउन्सिलर नि‍र्मल काफ्लेलगायतका नेपालका वाणिज्य क्षेत्रका अधिकारीहरुले नेपाली स्टलहरुको निरीक्षण गर्नुभयो।

    सो अवसरमा श्री कार्कीले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै नेपाली विशेषतायुक्त कला तथा सँस्कृति उक्त मेला र प्रदर्शनीमा अभिव्यक्त गरिने र भविष्यमा अझै बढी विशेषतायुक्त नेपाली वस्तुहरुले चीन बजारमा प्रवेश ग‍र्ने आशा व्यक्त गर्नुभयो। श्री का‍‍‍र्कीले भन्नुभयो

    थाहा भएअनुसार, नेपालका उद्योग‌-व्यवसायहरुले यस पटकको मेला र प्रदर्शनीमा थाँका, लुगाकपडा, बुद्धको मूर्तिलगायतको विभिन्न किसिमको विशेषतायुक्त वस्तु प्रद‍र्शन गरेका छन्।

    हाम्रा सम्वाददाताकाअनुसार, चिनियाँहरु नेपालका विशेषतायुक्त वस्तुहरुमा आकर्षित भएका छन्। धेरै चिनियाँहरुका आँखामा नेपाली वस्तु लोकप्रिय छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह