फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली राजदूतद्बारा चीन र नेपालबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई सबल पार्नका लागि चीनको खुनमिङ आयात निर्यात मेला एउटा महत्वपूर्ण चौतारो भएको कुरा व्यक्त

(GMT+08:00) 2011-06-07 09:29:09

    खुनमिङ उन्नाईसौँ आयात निर्यात मेला एवम् चौथो दक्षिण एशियाली मुलुकहहरुको वस्तु प्रदर्शनी हिजो छ तारिखका दिन खुनमिङमा सुरु भयो।

    यस अवसरमा , चीनका लागि नेपाली राजदूत श्री टङ्कप्रसाद कार्कीले चीन र नेपालबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई सबल पार्नका लागि चीनको खुन मिङ आयात निर्यात मेला एउटा महत्वपूर्ण चौतारो भएको बताउनुभयो।

    सोही दिन श्री कार्कीले उक्त मेलाको उद्घाटनपछिको दक्षिण एशियाली प्रदर्शनी क्षेत्रको नेपाली स्टलको अवलोकन गर्दै पत्रकारसँगको अन्तर्वार्तामा यस पटकको खुन मिङ आयात निर्यात मेलामार्फत नेपालले आफ्नो विशेषतायुक्त कला र सँस्कृति पूर्ण रुपमा प्रदर्शन गरेको कुरा बताउनुभएको छ। साथै उहाँले अझ बढी नेपाली वस्तुहरुले चीनको बजारमा प्रवेश गर्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह