फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौं पेन्चेन लामाद्वारा बौद्धिक मन्त्र सुनाइएको

(GMT+08:00) 2011-06-22 18:42:47

 

                   चालुवर्षको जून महिनादेखि एघारौं पेन्चेन लामाले तिब्बत स्वायत्त प्रदेशमा अनेकन बौद्धिक कार्यक्रमको आयोजना गरी तिब्बतमा रहेका व्यापक भिक्षु तथा धर्मावलम्बीहरुबाट सम्मान तथा माया-ममता पाउनुभयो। उहाँले अघि पछि गरी ल्हासा, शान नान तथा शि खा चे गएर जोखाङ गुम्बा, रेटिङ गुम्बा, युङबालाखाङ गुम्बा, सामये गुम्बालगायत तिब्बतका ठूल्ठूला गुम्बामा बौद्धिक मन्त्र सुनाउनुका साथै हजारौं धर्मावलम्बीहरुलाई टाउको छोएर आशीर्वाद दिनुभयो।

                 गत जून महिनाको पन्ध्र तारिख बिहान साढे नौ बजे चिनियाँ परम्पारगत संगीत साधन सो नाको स्वरको साथमा चिनियाँ बुद्ध धर्मका उप-प्रमुख एघारौं पेन्चेन अर्देनि कोइक्वी गिबो टाशिहुन्पो गुम्बाको तो च्या चोकमा स्थापित गद्दीमा बसेर कोइक्वी गिबो टाशिहुनपो गुम्बाका आठसय जनाभन्दा बढी भिक्षु तथा छसय जना भन्दा बढी धर्मावलम्बीको सामु शान्त भएर बौद्धिक मन्त्र जपेर त्यसको विषय सिकाउनुभयो।

               भर्खरै मर्मत भएको तो च्या चोकको एकापट्टि "मुलुकको संरक्षण गरौं, जनताका लागि हितकर काम गरौं" शीर्षकको ठूलो व्यानर झुण्डिएको छ। तो च्या चोकमाथि स्थापित छहारीमा सौभाग्यको द्योतक रहेको रंगीचंगी रिबन झुण्डिएको छ। सम्पूर्ण कार्यक्रमस्थल निकै औपचारिक थियो। टाशिहुन्पो गुम्बाका भिक्षुको जानकारीअनुसार, एघारौं पेन्चेन लामाले बौद्धिक मन्त्र सिकाउने खबर फैलनेवित्तिकै बुद्ध धर्मका कतिपय धर्मावलम्बीहरु यहाँ आएका छन्। एक हजार पाँच सय जनासम्म अट्नसक्ने तो च्या चोकमा भिड हुनुका साथै धेरै जना धर्मावलम्बीले ढोकाको अगाडि रहेको करिडोरमा उभिएर अवतारीको मन्त्र सुनेका छन्।

                 अरु बढी धर्मावलम्बीहरु पेन्चेन लामाद्वारा सिकाइने मन्त्र अरु स्पष्टसँग सुन्नका लागि टाशिहुन्पो गुम्बाका भिक्षुहरुले तो च्या चोक बाहिर लाउडस्पीकर झुण्ड्याएर पेन्चेन लामाको मन्त्र प्रत्यक्ष प्रसारण गरेका छन्।

               टाशिहुनपो गुम्बामा पेन्चेन अर्देनि कोइक्वी गिबोले दुई बिहानको समयसम्म हजारौं भिक्षु तथा धर्मावलम्बीलाई मास्टर चुङखापाको "तीन वटा प्रधान मार्ग" नाम दिइएको मन्त्रको भित्री अर्थबारे विस्तृत रुपमा सम्झाउनुभयो। पेन्चेन अर्देनि कोइक्वी गिबोले सन् 1995मा आयोजित पदासिन समारोहदेखि भिक्षु तथा धर्मावलम्बीहरुलाई मन्त्र सम्झाउनुभएको यो पहिलो पटक हो।

               टाशिहुन्पो गुम्बामामा चौबीस वर्षसम्म बौद्धिक मन्त्र सिकेका दोर्जे फुन्चोकले पेन्चेन लामाको मन्त्र सुनेपछि यस पटक पेन्चेन लामाद्वारा सिकाइएको विषय तुलनात्मक रुपमा कम भएतापनि त्यसको भित्री अर्थ निकै ज्ञानबर्द्धक रहेको कुरा वताएका छन्। उनका अनुसार, पेन्चेन लामाले सिकाउनुभएको मन्त्रको विषय गहन छ। उहाँको बौद्धिक ज्ञान साठी वर्षको उमेर भएका धार्मिक लामाको जस्तै छ।

                जून महिनाको सोह्र तारिख पेन्चेन अर्देनि कोइक्वी गिबोले शिखाचे शहरबाट करिब तीन सय किलोमीटर टाढा पर्ने आङ रन तथा ला च जिल्ला गएर बौद्धिक कार्यक्रम गर्नुका साथै दश हजारौं धर्मावलम्बीहरुलाई टाउको छोएर आशीर्वाद दिनुभयो।

               सोह्र तारिख बेलुका पाँच बजे निर्धारित योजनाबमोजिम पेन्चेन लामाको आराम गर्ने बेला भयो। तथापि साढे सात बजेसम्म उहाँले ला च जिल्लामा रहेको छ्वि द गुम्बामा टाउको झुकाएर आशीर्वादका लागि आएका धर्मावलम्बीहरु यथावत रुपमा बढी थिए। पेन्चेन अर्देनि कोइक्वी गिबोले छ्वि द गुम्बाको पश्चिमी दिशामा राखिएको आसनमा बसेर यथावत रुपमा हरेक धर्मावलम्बीलाई टाउको छोएर आशीर्वाद दिनुभयो।

               बिहान सबेरै छ बजेतिर पेन्चेन लामा चढ्ने गाडी पहाडी क्षेत्रमा गएको थियो। आकाशका ताराहरु चम्किरहेका थिए। त्यसपछि खेतीमा अथवा गाउँबस्तीमा जताततै खादा लिएर अवतारीको स्वागत गर्ने धर्मावलम्बीहरु देखिएका थिए। हरेक पटक धर्मावलम्बीहरुसँग भेट्दा पेन्चेन अर्देनि कोइक्वी गिबोले मोटर रोक्ने आदेश दिएर धर्मालवम्बीहरुलाई टाउको छोएर आशीर्वाद दिनुभयो।

              बिहान साढे नौ बजे पेन्चेन लामा आङ रन जिल्लाको छ्वी द गुम्बा पुग्नुभयो। उहाँ पुग्ने वित्तिकै ढोलको बजेको स्वर सुनियो। सन् 1225मा निर्माण गरिएको छ्वी द गुम्बाको प्राचीन इतिहास छ। तिब्बती बुद्ध धर्मअन्तर्गत गलु पन्थीका संस्थापक चुङखापाले यहाँ मन्त्र सम्झाउनुभयो। भिक्षुहरुले मुख्य दरबार तथा मुख्य मन्त्र हलको पूजा-आजा गरी भिक्षु तथा धर्मावलम्बीहरुलाई भिक्षा, चिया तथा खानाहरु वितरण गर्नुभयो।

               त्यस बेला आशीर्वाद लिन पर्खिरहेका धर्मावलम्बीहरु पहाडमुनि रहेको सड्कबाट गुम्बाको ढोकासम्मको करिब दुई किलोमीटरसम्म लाइनमा बसिरहेका थिए। बिहान एघार बजेर बीस मिनेट जाँदा पचासी वर्षको उमेर भएका वृद्ध छ्वी चे टाउको छोएर आशीर्वाद पाएका पहिलो सर्वसाधारण बनेका थिए। सेतो तिब्बती पोशाक तथा रातो जुत्ता लगाएर लौरो टेकेका छ्वी चेलाई कर्मचारीद्वारा हिंड्न सहायता गरेको देख्दा पेन्चेन लामाले उहाँलाई गौर गरी हेर्नुभयो। पेन्चेन लामाले दुबै हातले छ्वी चेको टाउको छोएर आशीर्वाद दिनुभयो।

                 शिखाचे शहरबाट दक्षिण-पश्चिमीतिरको बीस किलोमीटर दूरीमा पर्ने ना थाङ गुम्बा "तिब्बतको पुस्तकालय" कहलिएको छ। त्यो तिब्बती जाति बसोबास गर्ने क्षेत्रमा मन्त्र छापिने तीन वटा ठूला गुम्बामध्येको एक हो। उक्त गुम्बा सानो भएतापनि मन्त्र छाप्ने कार्यमा त्यसले वरिष्ठ योगदान पुर्‍याएको छ।

                गत जून अठार तारिख बिहान पेन्चेन लामा मोटरबाट ना थाङ गुम्बाको अवलोकन गर्नुभयो। ना थाङ गुम्बाका महाभिक्षु नगावान चेनलेका अनुसार, दशौं पेन्चेन लामाले पनि ना थाङ गुम्बाको अवलोकन गर्नुभयो। यस पटक एघारौं पेन्चेन लामाको अवलोकन ना थाङ गुम्बाका लागि एउटा खुसीलाग्दो कुरा हो। अवतारी पेन्चेन लामाले हाम्रो सानो गुम्बाको पनि अवलोकन गर्नु भएकोमा हामीलाई निकै खुसी लागेको छ। उहाँको निर्देशनमा हाम्रो विभिन्न बौद्धिक कार्यक्रम सफलताका साथ पूरा भएको छ। जसबाट उहाँको बौद्धिक ज्ञान दिन प्रतिदिन बढ्दै आएको छ किनकि उहाँ एकजना प्रतिष्ठित अवतारी हुनुहुन्छ भन्ने कुरा देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह