फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या आठ करोडभन्दा बढी पुगेको र युवा सदस्यहरुको संख्यामा स्थिरताका साथ वृद्धि हुँदै

(GMT+08:00) 2011-06-24 20:09:14

             चिनियाँ कम्युनिष्ट पार्टी संगठन कार्य जिल्लास्तरीय अधिकारीले आज पैचिंगमा विगत नब्बे वर्षयता चिनियाँ कम्युनिष्ट पार्टी विकसित र विस्तृत भएको साथसाथै चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या आठ करोडभन्दा बढी पुगेको र युवा सदस्यहरुको संख्यामा स्थिरताका साथ वृद्धि भएको बताउनुभयो।

            चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका उप संगठन मन्त्री वाङ छिन फङले आजै चिनियाँ तथा विदेशी पत्रकारहरुलाई विगत नब्बे वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको संगठन कार्यबारे जानकारी दिनुभयो। उहाँले विगत नब्बे वर्षयता, चिनियाँ कम्युनिष्ट पार्टीले विभिन्न ऐतिहासिक अवधिको केन्द्रीय कार्यभारबारे चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य टोली र चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत निकाय संगठनको निर्माण सबल पारेको, ठूलो परिमाण, उचित बनौट, उत्तम गुणस्तरीय टोलीको स्थापना गरेको, सुदृढ र शक्तिशाली आधारभूत निकाय संगठन प्रणालीको स्थापना गरेको कुरा बताउनुभयो। श्री वाङले भन्नुभयो-

            "सन् 2010 को अन्तसम्म चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या आठ करोड दुई लाख उनान्सत्तरी हजार पुगेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत निकायका संगठनहरुको संख्या अड्तीस लाख बयानब्बे हजार पुगेको छ।"

            श्री वाङका अनुसार, हाल पैंतीस वर्ष उमेरभन्दा मुनिका सदस्यहरुको संख्याले चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको कूल संख्याको 24.3प्रतिशत ओगटेको छ। सन् 2010 मा चिनियाँ कम्युनिष्ट पार्टीका युवा सदस्यहरुको संख्यामा स्थिरताका साथ वृद्धि भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले पैंतीस वर्ष उमेरभन्दा मुनिका पच्चीस लाख सोह्र हजार नयाँ सदस्यहरु बनाएको छ। यसले चिनियाँ कम्युनिष्ट पार्टीद्बारा बनाइएका सबै सदस्य संख्याको 81.8 प्रतिशत ओगटेको छ। आधारभूत निकायका चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्यामा स्पष्ट रुपमा वृद्धि भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुमध्ये उच्च शिक्षित भएका र विश्वविद्यालयका विद्यार्थी सदस्यहरुको संख्यामा निरन्तर वृद्धि भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीमा संलग्न हुन निवेदन गर्ने जनताको संख्यामा क्रमशःवृद्धि भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीमा संलग्न हुन सक्रिय व्यक्तिहरुको संख्यामा पनि वृद्धि भएको छ।

             चिनियाँ कम्युनिष्ट पार्टीको विभिन्न स्तरीय संगठन र नेताले जनतालाई सेवा दिन, जनताको जिम्मेवारी वहन गर्न, जनताको अनुगमन ग्रहण गर्न, जनताको मूल्यांकन ग्रहण गर्न प्रत्याभूति गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको संगठन मन्त्रालयले सन् 2008 देखि लगातार तीन वर्षसम्म चिनियाँ कम्युनिष्ट पार्टीको संगठन कार्यमाथि जनमतबाट जाँचबुझ गरेको छ। श्री वाङले भन्नुभयो

              "चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको संगठन मन्त्रालयले सन् 2008 देखि सन् 2009 र सन् 2010 मा चिनियाँ कम्युनिष्ट पार्टीको संगठन कार्यमाथि जनमतबाट जाँचबुझ गरेको छ। हाल उक्त जनमत जाँचबुझ चीनको राष्ट्रिय तथ्यांक व्यूरोको नियमित जाँचबुझ परियोजनाहरुमा राखिएको छ।"

              श्री वाङका अनुसार, उक्त जाँचबुझले चीनको संगठन विभागलाई जनमतबारे जानकारी लिने चौतारो उपलब्ध गराएको छ। चीनको संगठन विभागले हरेक वर्ष उक्त जाँचबुझमार्फत संगठन कार्यसम्बन्धी हजारौं विषय प्राप्त गर्नुका साथै दश हजार वटाभन्दा बढी लिखित प्रस्ताव पनि प्राप्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको संगठन मन्त्रालयले सबै जाँचबुझलाई गहिरो र ठोस रुपमा विश्लेषण गर्नुका साथै सर्वसाधारणद्बारा प्रस्तुत गरिएको प्रस्तावअनुसार सुधारको कदम चाल्ने र संगठन कार्यको वैज्ञानिक स्तर माथि उकासेको छ।

             चालू वर्षको मे महिनादेखि चिनियाँ कम्युनिष्ट पार्टीले ग्रामीण क्षेत्रको समितिका सदस्यहरू साटफेर गर्नेछ। आगामी वर्षको पूर्वार्धसम्म चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्त समिति, शहर समिति, जिल्ला समिति, ग्रामीण क्षेत्र समितिको साटफेर कार्य पूरा गर्नेछ। श्री वाङले हाल चिनियाँ कम्युनिष्ट पार्टीको विभिन्न स्तरीय समितिको साटफेर कार्यबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो

             "चिनियाँ कम्युनिष्ट पार्टीको क्षेत्रीय समितिको साटफेर कार्य सुचारु भैरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका ग्रामीण क्षेत्र समितिहरुमध्येका आधा समितिहरुको साटफेर कार्य पूरा भइसकेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका जिल्ला समितिहरुमध्ये 10 प्रतिशत समितिहरुको साटफेर कार्य पूरा भएको छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह