फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिखाचेबासीको जीवनमा स्पष्ट सुधार भएको

(GMT+08:00) 2011-06-26 08:33:00

          तिब्बत स्वायत्त प्रदेशको शिखाचे क्षेत्रका एक स्थायी उप-प्रमुख कर्मचारी वाङ्ग त्वेइले हिजो तिब्बतको शान्ति मुक्ति भएको साठी वर्षदेखि यत्ता शिखाचेबासीको जीवनमा स्पष्ट सुधार भएको व्यक्त गर्नुभएको छ।

         "तिब्बतको शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा केन्द्रीय संचारमाध्यमको तिब्बत भ्रमण"अन्तर्गत तेस्रो मण्डलले हिजो शिखाचेको भ्रमण गरेको छ। स्थायी उप-प्रमुख कर्मचारी वाङ्ग त्वेइले सम्बन्धित अवस्थाबारे जानकारी दिंदै शान्ति मुक्त विशेषगरी सुधार तथा खुलापन भएदेखियत्ता शिखाचे क्षेत्रको शहरी तथा गाउँका बासिन्दाको आम्दानी द्रुत गतिले बृद्धि भएको बताउनुभएको छ। यसका साथै शिखाचे क्षेत्रमा शहरी तथा गाउँका बासिन्दाको आबासमा पनि स्पष्ट सुधार देखिएको छ।

         शिखाचे क्षेत्र चीनको दक्षिण-पश्चिमी भागमा पर्दछ। जुन भारत, नेपाल तथा भूटानसित जोडेको छ। जम्मागरी सात लाख बीस हजारभन्दा बढी मानिस त्यहाँ बसोबास गरेका छन्। कृषि तथा पशुपालनको प्रधानतामा रहेको शिखाचे क्षेत्रको दृश्य पनि निकै रमणिय छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह