फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको शान्तिपूर्ण मुक्ति भएको 60 औं वार्षिकोत्सव मनाउने समारोहको आयोजना

(GMT+08:00) 2011-07-19 11:35:31
             तिब्बतको शान्तिपूर्ण मुक्ति भएको 60 औं वार्षिकोत्सव मनाउने समारोहको आयोजना आज ल्हासामा गरियो। चीनका उप-राष्ट्राध्यक्ष एवंम चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रतिनिधि मण्डलका प्रमुख सि चिन फिङ्गले आजको समारोहलाई सम्बोधन गर्दै तिब्बत सम्बन्धी विभिन्न कार्य राम्ररी गर्ने कुरामा जोड दिनुभएको छ।

              सो अवसरमा श्री सि चिन फिङ्गले तिब्बत सम्बन्धी विभिन्न कार्य राम्ररी गर्नु नै वैज्ञानिक तवरले विकास गर्ने धारणालाई व्यवहारमा उतार्ने तथा चौतर्फी रुपमा सम्पन्न जीवनको स्थापना गर्ने जरुरी आवश्यक्तता रहेको कुरा बताउनुभएको छ।

               यसका साथै उहाँले तिब्बती सम्बन्धी सबै कार्यको मुख्य कुरा भनेको विकास छिटो गर्नु हो भन्दै त्यहाँ बस्ने सर्वसाधारणको जीवनको सुधार तथा सुनिश्चित गर्ने कुरा तिब्बतको आर्थिक तथा सामाजिक विकासको आधारभूत बिन्दु रहेको पनि औंल्याउनुभएको छ।

               सन 1951 मा चीनको केन्द्रिय सरकारका सम्पूर्ण जिम्मेवार लिने प्रतिनिधिले तिब्बतको तत्कालिन सरकारका सम्पूर्ण जिम्मेवार लिने प्रतिनिधिसँग पैचिङ्गमा "तिब्बतको शान्तिपूर्ण मुक्ति सम्बन्धी सम्झौता" मा हस्ताक्षर गरेका थिए। यसबाट तिब्बतको शान्तिपूर्ण मुक्ति भएको हो। यो नै चीन राष्ट्रले नयाँ ऐतिहासिक वातावरणमा विशाल एकता भन्ने लक्ष्यलाई साकार तुल्याएको द्योतक हो। यसबाट तिब्बतको विकास तथा प्रगति नयाँ ऐतिहासिक अध्यायमा प्रवेश भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह