फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको प्रशस्त गैर-भौतिक साँस्कृतिक सम्पदाको प्रभावकारी रुपमा संरक्षण 1

(GMT+08:00) 2011-07-13 19:24:01

                यताका केही वर्षदेखि चीनको केन्द्रीय सरकारको ठूलो सहायतामा तिब्बत स्वायत्त प्रदेशले गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण कार्यलाई निरन्तर रुपमा सबल पार्दै आएको छ। तिब्बतको प्रशस्त गैर-भौतिक साँस्कृतिक सम्पदाको प्रभावकारी रुपमा संरक्षण गरिएको तथा त्यसलाई राम्रोसँग बिंडो थामिएको छ। आजको चीनको तिब्बत कार्यक्रममा यस विषयसम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

              न्याङराइन नामक गाउँबस्तीको तिब्बती ओपेरा मण्डली यताका केही वर्षदेखि ल्हासाका सर्वसाधारणले सबैभन्दा बढी मन पराएको तिब्बती ओपेरा मण्डलीहरूमध्येको एक हो। यस मण्डलीका सबै अभिनेता-अभिनेत्रीहरू स्थानीय किसानहरू हुन्। उनीहरूको मीठो स्वर तथा सुन्दर आकृतिबाट उनीहरूको तिब्बती ओपेरासम्बन्धी उत्कृष्ठ स्तर अभिव्यक्त भएको छ। यस तिब्बती ओपेरा मण्डलीका जिम्मेवार व्यक्ति लोसाङ छिरिङले दिनुभएको जानकारीअनुसार, पहिले आफन्त अथवा साथीहरू भेटेको बेलामा रमाइलो वातावरण बनाउनका लागि सुरु भएको तिब्बती ओपेरा अहिले साँस्कृतिक उद्योग भएर त्यसको धुमधामसँग प्रचार-प्रसार गरिएपछि उहाँलाई धेरै आनन्द लागेको छ। उहाँ भन्नुहुन्छ,

             परम्परागत आठ वटा तिब्बती ओपेरामध्ये हामीले अहिले अभिनय गर्नसकेका पाँचवटा छन्। तीनवटा बाँकी नै छन्। चाँडै ती आठवटा तिब्बती ओपेराको अभिनय गर्नका लागि च्ये मु लुङ तिब्बती ओपेराका उत्तराधिकारीलाई हामीलाई निर्देशन गर्न यहाँ आउन हामीले अनुरोध गरेका छौं।

            यताका केही वर्षदेखि चीन सरकार तथा तिब्बत स्वायत्त प्रदेशले छुट्टाछुट्टै रुपमा एक करोड चिनियाँ युआनभन्दा बढी लगानी गरी तिब्बती ओपेरा कलाको सर्भेक्षण, अनुसन्धान, संरक्षण तथा बिँडो थाम्ने कार्य गरेका छन्। यसका साथै चीन सरकार तथा तिब्बत स्वायत्त प्रदेशले तिब्बती ओपेरा सम्बन्धित् अनेकन पुस्तक तथा श्रव्य-दृश्य वस्तु छापिएका छन्। विशेष गरी सन् 2009 मा तिब्बती ओपेरालाई सँयुक्त राष्ट्र संघीय युनेस्कोको गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा छनौट गरिएको थियो। प्राचीन तिब्बती ओपेरामा नयाँ जीवन्त शक्ति भरिएको छ। तिब्बती जातीय कला अनुसन्धानालयका अनुसन्धानकर्ता तानचङ छिरिङ यसबारे चर्चा गर्दै भन्छन्,

             पहिले हामीले तिब्बती ओपेरा अलप भएर जाने हो कि भन्ने चिन्ता गरेका थियौं। किनभने एउटा मिलीजुली ओपेराको रुपमा त्यसलाई बिँडो थाम्न गाह्रो थियो। तर गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजना भएको कारण हामीले सक्रियताका साथ तिब्बती ओपेराको सक्रियताका साथ संरक्षण गरेका छौं। एउटा दोइलुङदेछेन जिल्लामा तिब्बती ओपेरा अभिनय गर्नसक्ने मण्डलीको संख्या नौ पुगेको छ। समस्त तिब्बत स्वायत्त प्रदेशमा दुई सय वटा भन्दा बढी तिब्बती ओपेरा मण्डलीहरू छन्। त्यसको द्रूत गतिले विकास भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह