फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनचन युनिभर्साइड खेलकुदका लागि एक सय बाउन्न प्रतिनिधि मण्डलद्वारा दर्ताका लागि निवेदन

(GMT+08:00) 2011-08-03 16:20:23

             अगष्ट एक तारिख बेलुका छ बजेसम्म शनचन युनिभर्साइड खेलकुदको संयोजन समितिले एक सय बाउन्न प्रतिनिधि मण्डलको दर्ताका लागि निवेदन प्राप्त गरेको छ। दर्ताका लागि निवेदक व्यक्तिको संख्या बाह्र हजारभन्दा बढी छ। तीमध्ये करिब आठ हजार जना खेलाडी र चार हजार बयालीस जना अधिकृत रहेका छन्।

              शनचन युनिभर्साइड खेलकुदको संयोजन समितिका प्रवक्ता फान श्याउ ह्वैका अनुसार, चिनियाँ प्रतिनिधि मण्डलले गत एक तारिख पैचिङ विश्व विद्यालयमा त्यसको स्थापना समारोहको आयोजना गरेको थियो। चिनियाँ प्रतिनिधि मण्डलमा पाँच सय पाँच जना खेलाडी छन् र यो यस युनिभर्साइड खेलकुदको सबैभन्दा ठूलो पैमानाको प्रतिनिधि मण्डल हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह