फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा पहिलो राष्ट्रिय समुद्री जीव स्रोतको संरक्षण क्षेत्र स्थापित

(GMT+08:00) 2011-08-13 16:42:10

         तिब्बतको पहिलो विशेष माछाको प्रकारसम्बन्धी राष्ट्रिय समुद्री जीव स्रोतको संरक्षण क्षेत्र अर्थात् पा सोङ्ग छो नामक विशेष माछाको प्रकारसम्बन्धी राष्ट्रिय समुद्री जीव स्रोतको संरक्षण क्षेत्र हाल कोङ्ग बु नदी छेउको छो काउ गाउँमा स्थापना भएको छ।

          पा सोङ्ग छो नामक विशेष माछाको प्रकारसम्बन्धी राष्ट्रिय समुद्री जीव स्रोतको संरक्षण क्षेत्र कृषि मन्त्रालयको अनुमोदनबमोजिम स्थापना गरिएको राष्ट्रिय समुद्री जीव स्रोतको संरक्षण क्षेत्र हो। जुन हालसम्म तिब्बत स्वायत्त प्रदेशमा खडा गरिएको एक मात्र राष्ट्रिय समुद्री जीव स्रोतको संरक्षण क्षेत्र पनि हो।

          तिब्बत स्वायत्त प्रदेशको कृषि र पशुपालन मन्त्रालयका प्रमुख चु छुन शङ्गका अनुसार, उक्त क्षेत्रको स्थापनाको ज्यादै ठूलो अर्थ रहेको छ। त्यस क्षेत्रले तिब्बतका विशेषतायुक्त समुद्री जीव स्रोतको संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह