फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पर्यावरणिय सुरक्षा निर्माणसम्बन्धी दश वटा परियोजना सुचारु रुपमा चलिरहेका

(GMT+08:00) 2011-08-15 11:25:46

            तिब्बत स्वायत्त प्रदेशको विकास तथा सुधार समितिका अनुसार , "तिब्बतको पर्यावरणिय सुरक्षा र निर्माण योजना" लागू गरेदेखि यता , चीनको केन्द्रिय सरकारले तिब्बतको पर्यावरणिय वातावरणको सँरक्षण र निर्माणका लागि धेरै रकम छुट्याएको छ ।

           चालु वर्षको जुलाई महिनाको अन्तसम्म उक्त योजनामा संलग्न दश वटा परियोजनाका लागि चीन सरकारले दुई अरब त्रियानब्बे करोड चिनिया युआन छुट्याएको छ। यी दश वटा परियोजना सुचारु रुपमा चलिरहेका छन।

           सन दुई हजार नौको फेब्रअरी अठार तारिखका दिन चीनको राज्य परिषदले उक्त योजनालाई अनुमोदन गरी पारित गरेको थियो। तिब्बतको पर्यावरणिय सुरक्षा योजनालाई चीनका महत्वपूर्ण योजनाहरुमध्येको एक निश्चित गरियो। उक्त योजनाको कार्यावधि सन् दुई हजार आठदेखि सन् दुई हजार तीससम्म छ र योजनानुसार चीन सरकारले तिब्बतको पर्यावरणिय सुरक्षाको निर्माणमा कूल पन्ध्र अरब पचास करोड चिनियाँ युआन छुट्याउने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह