फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतद्बारा विश्वविद्यालयमा विशेष विषयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गर्ने आर्थिक सहायता बढाइएको

(GMT+08:00) 2011-08-18 17:49:17

           आज आयोजित तिब्बत स्वायत्त प्रदेशको जन सरकारको नियमित बैठकबाट थाहा पाइएअनुसार यस वर्ष अर्थात सन 2011को शरद ऋतुदेखि तिब्बतका विश्वविद्यालयमा विशेष विषयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गर्ने निशुल्क सुविधा बढाउनुका साथै दिँदै आएको भत्तामा पहिलेको पन्ध्र सय चिनियाँ युआनमा पाँच सय चिनियाँ युआन थपिने भएको छ। यसका साथै तिब्बतले उच्च माध्यमिक स्कूलमा निशुल्क शिक्षासम्बन्धी नीति लागू गर्ने छ।

           तिब्बती समाजमा चाहिने योग्य व्यक्ति जन्माउनुका साथै अझ बढी छात्रछात्राले शिक्षा,कृषि तथा पशुपालन,बनजँगल आदीसम्बन्धी विशेष विषयमा अध्ययन गर्न प्रेरित तथा निर्देशन गर्नका लागि सन 2009को शरद ऋतुदेखि तिब्बत र अन्य क्षेत्रका विश्वविद्यार्थीका सम्बन्धी विशेष विषयमा अध्ययन गर्ने तिब्बती विद्यार्थीलाई निशुल्क शिक्षाको नीति लगाउँदै आएको छ। यस नीतिले श्रेष्ठ विद्यार्थीलाई विशेष विषयमा अध्ययन गर्न आकर्षित गर्नका लागि सक्रिय भूमिका खेलेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह