फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग साझेदारी गर्न नेपाल तयार रहेको नेपालका प्रधानमन्त्रीले बताउनु भएको छ

(GMT+08:00) 2011-09-16 19:35:27

              चीनको आर्थिक प्रगतिले नेपाललगायत दक्षिण एसियालाई धेरै फाइदा पुग्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताउनु भएको छ । चीन दक्षिण एसिया मैत्री संगठनहरु सम्मिलित मञ्चको दोस्रो बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री डा. भट्टराईले सो विचार व्यक्त गर्नु भएको हो । हिजो काठमाडौँमा मञ्चका दोस्रो बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो 'नेपालको असल छिमेकी मित्रराष्ट्र चीनले द्रूत गतिमा विकास गरिरहेको छ । यो विकासले नेपाललाई पनि धेरै फाइदा पुग्नेछ ।' चीन र भारतजस्ता ठूला र सम्पन्न राष्ट्रका बीचमा रहेको नेपालले दुई छिमेकी राष्ट्रको प्रगति र विकासबाट धेरै फाइदा लिनसक्ने धारणा उहाँले राख्नुभयो । उहाँले भन्नुभयो 'नेपाल चीनसँग साझेदारी गरेर अगाडि बढ्न तयार छ । चिनियाँ प्रगतिले हामीलाई पनि ठूलो पाठ सिकाएको छ ।'सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यङ हौलानले मञ्चको दोस्रो बैठकले चीन र दक्षिण एसियाका बीचमा थप समभmदारीको बिकास गराउने बताउनुभयो । उहाँले चालु बैठकले नेपालमा चिनियाँ लगानीको संभावनालाई विस्तार गर्ने पनि बताउनुभयो । मञ्चको बैठकमा भाग लिनका लागि चिनियाँ प्रतिनिधिमण्डलसँगै दक्षिण एसियाका विभिन्न देशका प्रतिनिधिहरु काठमाडौँमा आएका छन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह