फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कञ्चनपुरमा 'एक गाउँ एक उत्पादन' कार्यक्रम लागू हुने

(GMT+08:00) 2011-09-28 19:51:16

           नेपालको सुदूरपश्चिम क्षेत्रमै पहिलोपटक कञ्चनपुरमा 'एक गाउँ एक उत्पादन' कार्यक्रम लागू हुने भएको छ । हावापानी, माटो सुहाउँदो र अन्यबालीभन्दा नाफामूलक कम लागतमा बढी उत्पादन दिने र बजार व्यवस्थापन गर्न सजिलो हुने बालीलाई एक गाउँ एक उत्पादन कार्यक्रमका लागि छनोट गरिएको छ ।

           सरोकारवालाको बैठकले पाँचवटा बालीलाई उक्त कार्यक्रमका लागि छनोट गरेको हो । कञ्चनपुर राजमार्गभन्दा उत्तरतर्फ माछापालन, महाकालीपारीको दोधारा चाँदनीमा परवलखेती, सुडा कृष्णपुर दैजी र नगरपालिकाका केही क्षेत्रमा केराखेती गर्न उपयुक्त हुने ठहर गरेको छ । वैकल्पिक बालीका रुपमा आलु र उखुलाई छनोट गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह