फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको विपक्षी पार्टीद्वारा आफ्ना सदस्यहरुलाई समय अगावै आम-निर्वाचनका लागि तयारी गर्न आह्वान

(GMT+08:00) 2011-10-02 10:09:44

            भारतको सबैभन्दा ठूलो विपक्षी पार्टी-भारतीय जनता पार्टीको दुइ दिने वरिष्ठ कर्मचारी स्तरीय सम्मेलन हिजो समाप्त भएको छ। मनमोहन सिंहको नेतृतवमा रहेको भारत सरकारले जनताको विश्वास गुमाएको हुनाले भारतीय जनता पार्टीले समय अगावै आयोजना हुनसक्ने आम-निर्वाचनका लागि तयारी गर्ने कुरा यस सम्मेलनमा पारित एउटा निर्णय-प्रस्तावमा उल्लेख गरिएको छ।

            प्राप्त जानकारी अनुसार, भारतीय जनता पार्टीको वरिष्ठ कर्मचारी स्तरीय सम्मेलन हिजै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भयो। भारतीय प्रधानमन्त्री मनमोहन सिंहको नेतृत्वमा रहेको सँयुक्त प्रगतिशील गठबन्धन सरकारले दिन प्रतिदिन बढ्दै गएको विरोधको सामना गर्नसक्दैन, त्यसैले भारतीय जनता पार्टीले समय अगावै आयोजना हुनसक्ने आम-निर्वाचनका लागि तयार गर्नुपर्ने ठहर यस सम्मेलनमा गरिएको छ।

            यस सम्मेलनमा श्री एल.के.आदवानी लगायत भारतीय जनता पार्टीका नेताहरुले भ्रष्टाचारी अधिकृतहरुमाथि छानबीन तथा तिनीहरुको सामना गर्ने विषयमा काँग्रेस पार्टीका वरिष्ठ नेताहरु बीच गम्भिर मतभेद रहेको औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह