फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी विदेश मन्त्रीद्बारा अफगानिस्तानको आकस्मिक भ्रमण

(GMT+08:00) 2011-10-20 10:13:41

          अमेरिकी विदेश मन्त्री हिल्लारी क्लिन्टनले उन्नाईस तारिख राति अफगानिस्तानको राजधानी काबुल पुगी त्यहाँको भ्रमण थाल्नुभएको छ।

          उहाँको साथमा रहेका एक अमेरिकी अधिकृतका अनुसार, श्रीमती हिल्लारीले यस भ्रमणको अवधिमा अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाई तथा अन्य पदाधिकारीसँग भेट-वार्ता गर्नुहुने कार्यक्रम छ। साथै श्रीमती हिल्लारीले अफगान पक्षसित अफगान समस्यासम्बन्धी राजनैतिक समाधान आदि विषयबारे विचार-विमर्श गर्नुहुनेछ।

          हाल अफगानिस्तानको राजधानी काबुलको सुरक्षा परिस्थिति निकै तनावपूर्ण भइरहेको देखिन्छ। अफगानिस्तानका लागि अमेरिकी दुताबास तथा अफगानिस्तानस्थित नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सहायता फौजको मुख्यालयमाथि गरिएका आक्रमणमा परी उन्नाईस जनाको ज्यान जानुका साथै अन्य तेईस जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह