फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रमसमक्ष प्रतिवेदन प्रस्तुत

(GMT+08:00) 2011-10-30 19:02:04

            वैदेशिक रोजगार व्यवस्थापन सुधार कार्यदलले सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने कार्ययोजनासहित आफ्नो प्रारम्भिक प्रतिवेदन प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई बुझाएको छ ।

            वैदेशिक रोजगारमा देखिएका ठगी, अनियमितता हटाई यसलाई मर्यादित, भरपर्दो र सुरक्षित बनाउन सरकारले गत असोज 12 गते आप्रवासन विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको थियो । कार्यदलले आफ्नो प्रतिवेदन तत्कालीन र दीर्घकालीन गरी दुई चरणमा पेस गर्ने योजनाअनुसार प्रारम्भिक प्रतिवेदन प्रधानमन्त्री भट्टराईलाई बुझाइएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमामार्फत जानकारी दिनुभएको हो ।

            कार्ययोजनामा वैदेशिक रोजगारीमा देखिएका ठगी नियन्त्रण, भ्रष्टाचार तथा अनियमितता नियन्त्रण, अभिलेख व्यवस्थापन, श्रम स्वीकृति दिन अनलाइन प्रणाली स्थापना र सञ्चालन, भौतिक पूर्वाधार तथा कर्मचारीको व्यवस्था, श्रम सहचारीको नियुक्ति, सेवा प्रवाहमा सहजीकरण गर्ने विषयजस्ता विषय समेटिएको जनाइएको छ । प्रधानमन्त्री भट्टराईले कार्ययोजनालाई तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको विज्ञप्तिमा जनाइएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह