फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बत स्वायत्त प्रदेशले सिंचाइका लागि 38 करोड चिनियाँ युआन लगानी गर्ने

(GMT+08:00) 2011-11-12 14:18:19

           चीनको तिब्बत स्वायत्त प्रदेशले खेतीबाली सिंचाइका लागि 38 करोड चिनियाँ युआन लगानी गर्ने भएको छ।उक्त रकम खेतीबाली सिंचाइ तथा जल संरक्षणको आधारभूत अवस्था उकास्न प्रयोग गरिने जनाइएको छ।तिब्बतले आगामी हिउँद तथा वसन्त ऋतुमा उक्त रकम प्रयोग गरेर काम गर्नेछ।

           समाचारमा जनाइएअनुसार, उक्त लगानी रकम अघिल्लो वर्षको तुलनामा 15 प्रतिशत बढी हो।उक्त रकम आधारभूत संरचनाको नवीकरण तथा बाढीले भत्काएका संरचनाको मर्मतका लागि प्रयोग गरिने जनाइएको छ।यसै गरेर ग्रामीण क्षेत्रमा हुने बाढी नियन्त्रण कार्य तथा खडेरी प्रतिरोध सुविधामा पनि ध्यान दिइने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह