फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पर्यटन क्षेत्रको विकासका लागि चीन सरकार सहयोग गर्न तयार भएको छ

(GMT+08:00) 2011-11-29 16:47:05

            नेपाल र चीनबीच पर्यटन प्रबर्न गर्न संयुक्त प्रयास गर्नुपर्नेमा दुवै देशका उच्च अधिकारी सहमत भएका छन् । पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र विष्ट मगरसँग गत शुक्रवार चिनियाँ पर्यटन बोर्डका नेपाल प्रमुख लि चि लगायतको प्रतिनिधिमण्डलले गरेको भेटमा सो कुरामा सहमति भएको हो । नेपाल भगवान गौतम बु र सगरमाथाको देश भएकोले चीनले नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने वचन दिएको भेटपछि मन्त्री मगरले बताउनु भयो । नेपाल र चीन परम्परादेखिका असल छिमेकी भएकाले नेपालको विकासमा सहयोग गर्न पाउँनु खुशिको कुरा भएको बताउँदै चिनियाँ प्रतिनिधिमण्डलले लुम्बिनीको बृहत्तर विकासमा सहयोग गर्ने वचन दिएको मन्त्री मगरले बताउनु भयो । नेपाल सरकारले पर्यटनको क्षेत्रमा धेरै काम गर्न बाँकि भएको बताउँनु हुँदै मन्त्री मगरले चीन सरकार र चिनियाँ जनताले नेपालप्रति देखाएको सद्भावनाको प्रशंसा गर्नुभयो । सो भेटघाटमा संलग्न प्राध्यापक होङ चिंग लिउले नेपालको लुम्बिनीलार्इ मुसलमानको पवित्र धार्मिकस्थल मक्का मदिनाजस्तै पवित्रस्थलका रुपमा विकास गर्ने योजना बनाइँदै रहेको र त्यसका लागि नेपाल सरकारले स्वीकृति दिए आफुहरुले काम गर्ने बताउनु भयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह