फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानले चीनको राष्ट्रिय ऋणपत्र खरिद गर्ने कुरामा बुद्धिमत्तापूर्ण रुपमा हेर्नुपर्ने चीनका सञ्चार माध्यमको ठहर

(GMT+08:00) 2011-12-23 12:29:03

         चीनका मुख्य आर्थिक अखवार "आर्थिक सन्दर्भ-पत्र" ले हालै लेखकको नाउँसहित एक लेख छापेको छ। जसको शीर्षक छ- जापानले चीनको राष्ट्रिय ऋण-पत्र खरिद गर्ने कुरामा बुद्धि पुर्‍याएर हेर्नुपर्छ। सो लेखमा भनिएको छ जापानी अर्थमन्त्री जुन आजुमीले बीस तारिखका दिन भन्नुभएको थियो- प्रधानमन्त्री योशिहिको नौदाको चीन भ्रमणका क्रममा दुवै मुलुकबीच एक अर्काको राष्ट्रिय ऋणपत्र किन्ने विषयबारे छलफल हुनेछ। जापानले चिनियाँ नोट आर एम बीको हिसाबअनुसार सम्भवतः बढीमा दश अर्ब अमेरिकी डलर बराबरको चिनियाँ राष्ट्रिय ऋण पत्र किन्ने भएको छ।

          सो लेखमा भनिएको छ - विश्वको दोश्रो ठूलो विदेशी मुद्रा सञ्चिती मुलुकको हैसियतमा रहेको जापानले पहिलो पटक चिनियाँ नोट आर एम बीको हिसाबअनुसार चीनको राष्ट्रिय ऋणपत्र किन्ने कुराको द्योतकरुपी अर्थ रहेको छ। जापानका लागि यो नै विदेशी मुद्रा प्रयोग गरी बहुपक्षीय लगानी गर्ने आफ्नो रणनैतिक कदमहरुमध्येको एक हो। र चीनका लागि चाहिं चिनियाँ नोट आर एम बी विकसित आर्थिक समूहको सञ्चिती मुद्रा बनेको यो पहिलो पटक हो र यो हो आर एम बीको अन्तर्राष्ट्रियीकरणमा हुने महत्वपूर्ण प्रगति पनि हो।

          साथै चीनका लागि जापान सरकारले आर एम बी पूँजी लिएबाट आर एम बीको अन्तर्राष्ट्रियीकरण हुनका लागि सारगर्भित हित पनि प्राप्त हुनेछ। यसबाट जापानले आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारलाई मध्यकालीन र दीर्घकालीन समर्थन दिएकै अर्थ बुझिएको छ।

           सो लेखमा अझै भनिएको छ- तर यसो हुँदाहुँदै पनि जापान सरकारले दश अर्ब अमेरिकी डलर बराबरको मात्र चिनियाँ राष्ट्रिय ऋण पत्र किन्ने प्रारम्भिक विचार लिएको छ। जसले त्यसको विदेशी मुद्राको कूल सञ्चिती मात्राको लगभग शून्य दशमलब सात सात प्रतिशत मात्र ठाउँ लिएको छ साथै पटक पटक गरी मात्र किनिनेछ। त्यसैले हालका लागि हेर्ने हो भने जापानले चिनियाँ राष्ट्रिय ऋणपत्र किन्ने कुराको वास्तविक अर्थभन्दा सूचकरुपी अर्थ महत्वपूर्ण रहेको छ। यसबाट जापानले अमेरिकी डलर र यूरोको पूँजीलाई त्याग्ला भन्ने अर्थ आउँदैन।

           त्यसैले एकातिर जापानले चिनियाँ राष्ट्रिय ऋणपत्र किन्ने कुराले आर एम बीको अन्तर्राष्ट्रियीकरणको नयाँ चरण शुरु हुने झ्याल खोलेको छ र अर्कातिर चिनियाँ नोट आर एम बी साँच्चै नै अन्तर्राष्ट्रियीकरणतर्फ लम्कने लक्ष्य साकार हुनका लागि अझै धेरै लामो बाटोबाट गुज्रिरहनुपर्नेछ।

           सो लेखमा भनिएको छ-चीन र जापानले एक अर्काको राष्ट्रिय ऋण पत्र किन्ने कुरा यी दुवै पक्षलाई फाइदा हुन अनुकूल हुने राम्रो पाइला हो साथै डाँबाडोल र अस्थिर वर्तमान विश्वव्यापी अर्थतन्त्रका लागि यो गहन अर्थले भरिपूर्ण रहेको र दूरगामी प्रभाव परेको एक सु-समाचार पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह