फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा चिनियाँ लगानीका लागि उपयुक्त वातावरण रहेको नेपाल राष्ट्र बैंकले बताएको छ

(GMT+08:00) 2012-01-03 19:06:32

            आर्थिक विकासमा नेपाल र चीनले हातेमालो गरेर अगाडि बढ्दा दुवै देशलाई फाइदा हुने सरोकारवालाहरुले बताएका छन् । नेपालमा पछिल्लो समयमा चिनियाँ लगानीका बारेमा चर्चा भइरहँदा नेपाल राष्ट्र बैंकले चिनियाँ लगानीको संभावना अत्यन्त राम्रो रहेको भन्दै त्यसका लागि आफूले अनुकूल भूमिका निर्वाह गर्ने पनि स्प्ष्ट पारेको छ । गत हप्ता नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा र नेपालका लागि चिनियाँ राजदूत यङ हौलानबीच भएको भेटमा सो विषयमा छलफल भएको हो ।

           नेपालको निजी झेत्र तथा सरकारले चिनियाँ लगानीकर्तालाई लगानी गर्न अनुरोध गरिरहेका छन् । जलविद्युत, पर्यटन, भौतिक पूर्वाधार लगायतका विषयमा चिनियाँ अनुभव र प्रविधि अनुकूल भएकाले त्यही झेत्रमा चिनियाँ लगानी आउने संभावना रहेको विश्लेषकहरु बताउँछन् ।

           नेपाल राष्ट्र बैंकको सूचना शाखाले सी.आर.आई.लाई बताए अनुसार गत डिसेम्बर २६ तारिखमा नेपालका लागि चिनियाँ राजदूत यङ हौलानले गभर्नर डा. खतिवडासँग भेट गर्नु भएको थियो । भेटका क्रममा नेपालमा बैदेशिक लगानी र त्यसका लागि नेपाली नीतिनियम विषयमा मुख्य छलफल भएको थियो । नेपालमा चिनियाँ लगानीको राम्रो सम्भावना रहेको भन्दै यसका लागि दुवै पक्ष आशावादी रहेको पनि छलफलले निष्कर्श निकालेको छ । सो अवसरमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारी तथा अर्थमन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटा पनि सहभागी हुनुहुन्थ्यो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह