फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा भरखरै सम्पन्न प्रविधि मेलामा चिनियाँ सामानले उत्कृष्टता हासिल गरेको छ

(GMT+08:00) 2012-01-10 19:43:01

         आइसीटी ब्राण्डिङ्ग प्रदर्शनीमा अवलोकन कर्ताले चिनियाँ सामानलाई अत्यधिक मन पराएका छन् यही जनवरी 5 तारिखदेखि 9 तारिखसम्म काठमाडौँमा सम्पन्न भएको आइसीटी ब्राण्डिङ्ग प्रदर्शनीमा झण्डै 50 हजार अवलोकनकर्ताहरु भेला भएका थिए  

         प्रदर्शनी व्यवस्थापक प्रमुख सी.एन. उपाध्यायले सी.आर.आई.लाई बताउनु भए अनुसार प्रदर्शनीमा ल्यापटप, डेक्सटप, मोबाइल फोन लगायतका आधुनिक प्रविधिका उपकरणहरु समावेश गरिएको थियो । सो अवसरमा दैनिक लाखौँको कारोबार भएको थियो भने कतिपय अवलोकन कर्ताले पछि सामान खरिद गर्नका लागि अगि्रम सामान बुकिङ्ग गरेको उपाध्यायले बताउनुभयो ।

         विगत एक दशकदेखि काठमाडौँमा आइसीटी ब्राण्डिङ्ग प्रदर्शनी हुँदै आएको छ । नेपालमा बिक्री हुने ल्यापटप, डेक्सटप कम्प्युटर लगायत मोबाइल फोनहरु चीनमा बनेका हुने गरेको बताउँदै उपाध्यायले चीनमा बनेका प्रविधिजन्य मेसिनरी सामानहरु सस्तो पर्ने तथा गुणस्तरको ग्यारेण्टी प्रदान गरिएका हुन्छन् । तसर्थ चिनियाँ सामानले नै प्रदर्शनीको 90 प्रतिशत हिस्सा ओगटेको पनि उहाँले बताउनुभयो ।

         आइसीटी ब्राण्डिङ्ग प्रदर्शनीले एकातिर क्रेता तथा अवलोकनकर्तालाई जागरुक बनाएको छ भने अर्कोतफ कम्पनीहरुले एकैचोटी ठूलो मात्रामा व्यापार विस्तार गर्ने अवसर पनि पाएका छन् । यस प्रकारका प्रदर्शनीले महङ्गो विज्ञापन गर्नु नपर्ने र सोझै उपभोक्तासँग अर्न्तक्रया गर्न सकिने हुनाले कम्पनीहरुलाई पनि प्रत्यक्ष लाभ पुगेको प्रदर्शनी व्यवस्थापक उपाध्यायले बताउनुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह