फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सञ्चार-माध्यमद्बारा जापान र भारतबीचको घनिष्ठतामा भविश्य नहुने ठहर

(GMT+08:00) 2012-01-11 18:54:36

         चीनको अन्तर्राष्ट्रिय समाचारको मुख्य पत्रिका अर्थात् "ग्लोबल टाइम्स"ले आज एक लेख प्रकाशित गरेको छ।

         उक्त लेखमा भनिएको छ-जापानका प्रधानमन्त्री योसिहिको नोदाले भारतको भर्खरै भ्रमण गर्नुभएको छ। चालू वर्ष जापान र भारतबीचको दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सव हो। यसै वर्षमा जापान र भारतले समुद्रमा प्रथम सैनिक अभ्यास गर्ने छन्। दुई मुलुकबीचको घनिष्ठ सहयोग मानिसहरुद्बारा ध्यान दिइएको छ। दुई मुलुकबीच साझा लक्ष्य छ। दुई मुलुकको साझा लक्ष्य के हो भने राजनैतिक ठूलो मुलुक बन्ने छ। संयुक्त राष्ट्र संघको सुधार समस्यामा दुई मुलुकले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका नयाँ स्थायी सदस्य मुलुक बन्ने आशा लिएका छन्। साथै यी दुबै मुलुक परम्परागत समुद्री मुलुक हुन्। समुद्री रणनीति राष्ट्रिय रणनीतिमध्येको महत्वपूर्ण विषय हो।

         भारत र जापान यी दुबै मुलुकबीचको सँस्कृति फरक छ। दुई मुलुकको आर्थिक वातावरण र आर्थिक विकास स्तर पनि फरक छन्।

         उक्त लेखअनुसार, भारतीय सञ्चार-माध्यमले जापान र भारतबीचको सहयोगको कारण "चीनको उदयको सामना गर्नु" नै हो भन्ने ठहर लिएको छ। जापान र भारतको सामु चीनबाट आएको दवाव शक्ति देखापरेको छ। तर साथै चीनको छिटो विकासबाट जापान र भारतबीचको "प्रेम" कठिनाइमा परेको छ। सन् 2010मा जापान र भारतबीचको व्यापार रकम पन्ध्र अर्ब अमेरिकी डलर भएको थियो। तर चीन र भारतबीचको व्यापार रकम यी दुबै मुलुकबीचको व्यापार रकमको तीन गुणा भएको हो। चीन र भारतबीचको व्यापार रकम पचास अर्ब अमेरिकी डलर भएको थियो। तर चीन र जापानबीचको व्यापार रकम तीन खर्ब अमेरिकी डलर भएको थियो। जुन जापान र भारतबीचको व्यापार रकमको बीस गुणा भएको हो। जापान र भारतका लागि वास्तवमा चीन निकै महत्वपूर्ण हो।

          उक्त लेखले जापान र भारतबीचको यस "प्रेम"का लागि चीनले "स्वतन्त्र प्रेम"को धारणा लिनसक्ने किनभने चीनको प्रभाव शक्तिमा यसबाट परिवर्तन हुने छैन भन्ने कुरामा जोड दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह